कांग्रेस नेता रामचन्द्र पौडेलले विधानविपरीत गठन भएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति पुनर्गठन वा भंग गर्न माग गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासँग सोमबार बिहान भएको भेटमा पौडेलले यस्तो माग राखेका हुन् ।

 

विधानविपरीत कार्यसम्पादन समिति २९ र संसदीय समिति २७ सदस्यीय बनाएर शीर्ष नेताका निकटस्थलाई टिकट दिइएको पौडेल पक्षको आरोप छ । पौडेल पक्षको भेलाले यी दुई समिति भंग गर्न सभापतिसँग माग गर्ने जिम्मेवारी पौडेललाई दिएको थियो । ‘निर्वाचनको परिणामपछि कांग्रेसमा करेक्सन जरुरी देखिएको छ । यस विषयमा गम्भीर रूपमा कदम चाल्नुपर्ने विषय सभापतिसँग राखेको छु,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘कार्यसम्पादन समिति र संसदीय समिति दुवै विधानविपरीत भयो । यसलाई सके सुधार गरौँ, होइन भने विघटन गरेर अर्कै बनाऊँ भन्ने प्रस्ताव राखेको छु ।’

सभापति देउवाले भने पौडेल र महामन्त्री डा. शशांक कोइरालाको समेत सहमतिमा कार्यसम्पादन समिति तथा संसदीय समिति सदस्य थप गरिएको जवाफ फर्काएका थिए । ‘तपाईंहरूको समेत सहमतिमा सदस्य थपिएको हो । तपाईंहरूले पनि थपौँ भन्नुभयो अनि थपिएको हो,’ देउवाले भने । सदस्य घटाउने हो भने पनि आफू तयार रहेको देउवाको भनाइ थियो ।

बुधबार केन्द्रीय समिति बस्न सक्ने
नेता पौडेलले छिटै केन्द्रीय समिति बैठक बोलाउन सभापति देउवासँग माग गरेका छन् । ‘निर्वाचनपछि साथीहरूमा धेरै निराशा छ । यसका लागि छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन भनेको छु,’ पौडेलले भने, ‘बुधबारका लागि बैठक डाक्ने वचन सभापतिले दिनुभएको छ ।’

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अस्वाभाविक पराजय भोग्नुपरेपछि कांग्रेस युवा नेताहरू, पौडेलपक्षीय नेता, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, अर्जुननरसिंह केसीलगायतले छिटै केन्द्रीय समिति बैठक बोलाएर समीक्षा गर्न आग्रह गर्दै आएका छन् । उनीहरूले महासमिति बैठक अविलम्ब डाक्न माग गरेका छन् ।

रामचन्द्र पौडेलको प्रश्न
निर्वाचन परिणामले कांग्रेसमा ‘करेक्सन’ र ‘सिरियस्ली’ कदम चाल्नुपर्ने भएको छ । कार्यसम्पादन समिति र संसदीय समिति दुवै विधानविपरीत भएकाले यसलाई सकिन्छ सुधारौँ, नभए विघटन गरेर अर्कै बनाऔँ ।

देउवाको जवाफ
तपाईं (पौडेलजी) र शशांकजी समेत सहमत भएर सदस्य थपिएको हो । सदस्य घटाऊँ भन्नुहुन्छ भने म तयार छु ।

पौडेलकै सहमतिमा गठन
विधानमा कार्यसम्पादन समिति बढीमा २२ र संसदीय समिति बढीमा १४ सदस्यीय हुने व्यवस्था छ । तर, निर्वाचनअघि पौडेलसमेतको सहमतिमा सभापति देउवाले कार्यसम्पादन समिति सदस्य २९ र संसदीय समिति २७ सदस्यीय बनाएका थिए । कार्यसम्पादन समिति केन्द्रीय समिति नियमित नबस्दा बस्ने समिति हो भने संसदीय समिति निर्वाचनमा टिकट बाँड्ने समिति हो । निर्वाचन परिणामपछि यी दुवै समितिविरुद्ध नेता–कार्यकर्तामा असन्तोष बढेको भन्दै पौडेलले पुनर्गठन वा भंग गर्न माग गरेका हुन् ।

राष्ट्रिय सभाबारे छलफल
देउवाले राष्ट्रिय सभा उम्मेदवारसहितका तयारीबारे छलफल थालेका छन् । उनले सोमबार नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिसँग छलफल गरेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बिहान पनि राष्ट्रिय सभा निर्वाचन, प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नेबारे छलफल हुने बताए । ‘राष्ट्रिय सभाका लागि पार्टीमा छलफल सुरु भएको छ,’ उनले भने, ‘मंगलबार बिहान कांग्रेसका शीर्ष नेताको बैठक पुनः बस्दै छ । यसमा पनि राष्ट्रिय सभामा पार्टी तयारी, प्रदेश प्रमुख र अस्थायी मुकामका विषयमा छलफल हुँदै छ ।’

मंगलबार दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । त्यसअघि देउवाले कांग्रेसका शीर्ष नेताको बैठक बोलाएका छन् । स्रोतका अनुसार सातवटै प्रदेशका प्रमुख र अस्थायी मुकाम तोक्नैका लागि देउवाले मन्त्रिपरिषद् बैठक मंगलबार दिउँसोलाई सारेका हुन् ।नयाँ पत्रिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah