आश्रय सेल्टर नेपालले असहाय, अनाथ तथा सडक बालबालिकाको संरक्षणका लागि विस्तृत कार्यक्रम र भौतिक पूर्वाधारको विकासमा पर्याप्त बजेट विनियोजन हुनुपर्ने माग गरेको छ। आश्रय सेल्टर नेपालकी अध्यक्ष खुश्बु ओलीले मंगलबार बिहान पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै नेपालमा बालबालिकाको अवस्था अत्यन्तै कमजोर रहेकाले पर्याप्त बजेट र कार्यक्रम बनाउन माग गरेकी हुन्।

‘बालबालिका भविष्यका कर्णधार हुन्। भविष्यका राष्ट्रका नेतृत्वकर्ता हुन्। तर, लाखौं बालबालिकाले अहिले पनि भविष्य निर्माण गर्ने विद्यालयको ढोका देख्न पाएका छैनन्। कतिपय बालबालिकालाई कदेखि ज्ञसम्म लेख्न पनि आउँदैन। माघको जाडोमा धेरै बालबालिका पेटीमा खाली पेट सुतिरहेको देखिन्छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘अनेक समस्या र वाध्यताका बीच बालबालिकाहरु सडकमा बस्न र पढ्ने उमेरमा मागेर दैनिकी चलाउन बाध्य छन्। यो परिवेशको अन्त्य गर्न नै सेल्टर आश्रय नेपालको स्थापना गरिएको हो। सामाजिक सेवाको क्षेत्रमा कार्य गर्ने मुख्य लक्ष्य बनाएको संस्थाले सडकमा रहेका बालबालिकालाई सुन्दर भविष्य प्रदान गर्ने कोसिस गरिरहेको छ। तर, हाम्रो लक्ष्यमा केही अवरोध र चुनौतीहरु देखा परेका छन्। बालबालिका मजदुरका रुपमा प्रयोग भइरहेको अवस्था छ।’

अध्यक्ष ओलीले मानव बेचबिखन, यौनशोषण लगायतका हिंसामा बालबालिकाको प्रयोग रोक्नका लागि सीमित कार्यक्रम बने पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन नसकेको बताउँदै नेपालमा अनाथ, असहाय तथा सडक बालबालिकालाई संरक्षण र उचित शिक्षादिक्षाको प्रबन्ध गर्ने कार्य लक्ष्य अनुसार अघि बढ्न नसकेको जनाएकी छिन्।

‘नेपाल प्राकृतिक, सांस्कृतिक र अनेक आयामले धनी देश हो। तर, आर्थिक विपन्नताको अन्त्य हुने स्थिति अझै बनिसकेको छैन,’ ज्ञापन पत्रमा भनिएको छ, ‘अध्यक्ष कामरेड, तपाईंले नै नेतृत्व गर्नु भएको १० वर्षे जनयुद्ध र त्यसको जगमा भएको जनआन्दोलनपछि संविधान निर्माणसँगै मुलुक आर्थिक समृद्धि र विकासतर्फ अघि बढिरहेको अवस्थामा सडकमा रहेका बालबालिकाको सुन्दर भविष्यका लागि तपाईं र तपाईंको पार्टी नेकपा माओवादी केन्द्रको पनि योगदान रहन्छ भन्ने हाम्रो अपेक्षा छ।’नेपाललाइभ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah