सबैले मान्ने, गर्व गर्ने विश्वको सर्वोच्च शिखर सगरमाथा नै पहिलो प्राथमिकतामा हुनुपर्छ भन्ने लाग्छ । यद्यपि, यो बहसको विषय भएकाले धेरै भन्न चाहन्न । यस्तै नेपालको सबैभन्दा धेरै फैलिएको सप्तकोशी नदीबाट सप्तकोशी प्रदेश, तेस्रो कञ्चनाजंघा प्रदेश पनि प्राथमिकतको आधारमा राख्न सकिन्छ । सबैले समानरुपमा मान्ने चाहीं सगरमाथा प्रदेश हुनसक्छ भन्ने लाग्छ ।
विष्णुप्रसाद पोखरेल
दमक/एमाले नेता एवं प्रदेश सभा सदस्य हिक्मत कार्की मुख्यमन्त्रीका दाबेदार हुन् । प्रदेश नं. १ को मुख्यमन्त्रीमा उनले दाबी गरेपछि अहिले मूख्य मन्त्रीका दाबेदार मानिएका भिमार्जुन आचार्य र शेरधन राइ पनि शंक पस्न थालेको छ ।
दमकमा भएको एक पत्रकार सम्मेलनमा कार्कीले दूइजना मध्ये एक सहमति हुन नसके बिकल्पको रुपमा आफू पनि आउने भनेको जनाएका थिए । पार्टीले जिम्मेवारी दिए मुख्यमन्त्री सहजै भूमिका निर्वाह गर्ने उनको भनाइ रहेको छ ।
मुख्य मन्त्रीका दाबेदार रहेका कार्कीले आफूहरुको मुख्य एजेण्डा भनेको बिकास र सम्बृद्धि हुने बताउदै त्यसको खाका आफूसंग रहेको पनि बताए । उनले आफूलाइ पार्टी तथा संसदीय दलले जे जिम्मेवारी दिए पनि पुरा गर्न सक्ने क्षमता रहेको पनि जनाएकाछन् ।
अर्को बिषयमा प्रदेश नं. १ को नामकरणको बिषयमा नयाँ बहस कार्कीले सिर्जना गरेकाछन् । उनले प्रदेश नं. १ लाइ सगरमाथा प्रदेश नामकरण गर्न सकिने भन्दै आफ्नो धारणा राखेपछि यसले तंरग ल्याएको छ ।
कार्कीले एक अन्तरवार्तामा प्रदेशको राजधानीको बिषयमा भनेकाछन् – विश्वको अग्लो शिखर सगरमाथादेखि नेपालको होचो भू–भाग केचनासम्म यहिं छ । यस्तै अर्को महत्वपूर्ण सप्तकोशी क्षेत्र, उत्पादन क्षेत्र, प्राकृतिक हिसाबले मनोरम तथा साँस्कृतिक विविधता छन् । यो क्षेत्रमा धेरै नामहरु प्रस्ताव हुन सक्छन् । विराट प्रदेश, किरात प्रदेश, कोचिला प्रदेश आउन सक्लान् । तर, सबैले मान्ने, गर्व गर्ने विश्वको सर्वोच्च शिखर सगरमाथा नै पहिलो प्राथमिकतामा हुनुपर्छ भन्ने लाग्छ । यद्यपि, यो बहसको विषय भएकाले धेरै भन्न चाहन्न । यस्तै नेपालको सबैभन्दा धेरै फैलिएको सप्तकोशी नदीबाट सप्तकोशी प्रदेश, तेस्रो कञ्चनाजंघा प्रदेश पनि प्राथमिकतको आधारमा राख्न सकिन्छ । सबैले समानरुपमा मान्ने चाहीं सगरमाथा प्रदेश हुनसक्छ भन्ने लाग्छ ।
कार्कीले सगरमाथा प्रदेशलाइ बढि जोड दिएकाछन् भने सप्तकोशि र कञ्चनजंघा प्रदेशको नाम बिकल्पमा ल्याएकाछन् । यसले लिम्बुवान, किरात लगायतको माग गर्नेहरु सामाजिक सञ्जालमा बिरोध जनाउन थालेकाछन् । कार्कीले नै यो नै अन्तिम नहुने र बहस तथा छलफलहरु हुने पनि बताए ।



