दमक/झापाको दमकमा रहेको कन्काइ बैकले दमक महोत्सवलाइ लक्षित गरेर फोटो प्रदर्शनी सहितको फोटो प्रतियोगिता गर्ने बताएपनि नगरेको पाइएको छ । बैकले झापा, इलाम र मोरग जिल्लाका पत्रकारहरुसंग फोटो मागेको थियो ।

पत्रकार महासंघसंग समन्वय गरेर एकजना पत्रकारबाट ३ वटाका दरले फोटो मागेको थियो । त्यहाँबाट छनौट गरेर महोत्सवमा स्टल बनाइ राख्ने र त्यहिबाट दर्शकले मत दिएर उत्कृष्ठ ६ फोटोलाइ पुरस्कृत गर्ने बैकका कार्यकारी प्रमुख प्रकाशमान बज्रचार्यले जनाएका थिए ।  आफूहरुले भनेजस्तो. फोटो नआएको भन्दै उनले आफ्नो बचावट गरे ।

पर्याप्त फोटो नआएका कारण गर्न नसकिएको बैकले जानकारी दिएको पत्रकार महासंघका झापा जिल्ला सचिब सन्तोष आचार्यले बताए । पत्रकारहरुले भने फोटो पठाएको बताउदै आएकाछन् । प्रतियोगिता भनेपछि जति फोटो आएपनि त्यति राख्नु पर्नेमा बैकले नराखेर पत्रकारलाइ नै ढाँटेको भन्दै आलोचना हुदैछ ।

यस्तो थियो सूचना

झापा,इलाम र मोरङका फोटो पत्रकार मित्रहरुका लागि सूचना

यही पुस २७ देखि माघ ८ गतेसम्म हुने दमक महोत्सवमा फोटो प्रदर्शनी समेत गरिदैछ । कनकाई विकास वैंकको आयोजना तथा नेपाल पत्रकार महासंघ झापाको संयोजनमा हुने फोटो प्रदर्शनीमा भोटिङका आधारमा उत्कृष्ट ६ फोटोलाई पुरस्कृत गरिने छ । साथै वैंकले निकाल्ने आगामी वर्षको क्यालेण्डरमा उक्त फोटो समावेश गरिने जानकारी गराइन्छ ।

अतः झापा,इलाम र मोरङका फोटो पत्रकार मित्रहरुले आफूलाई उत्कृष्ट लागेका पाँच वटा फोटो निम्न इमेल ठेगानामा फोटोको क्याप्सन र आफ्नो नाम, सम्पर्क नम्वरसहित पुस २४ गते सम्ममा पठाउनुहुन अनुरोध छ । फोटो तीनै जिल्लाको सेरोफेरो भित्र जुन विषयको पनि हुन सक्नेछ ।

जस्तैः धार्मिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक, सामाजिक, राजनीतिक इमेलः

[email protected] थप जानकारीका लागि ः एकराज गिरी ९८४२६३४१६१ (उपाध्यक्ष, पत्रकार महासंघ) सन्तोष आचार्य ९८४२७३२९६९ (सचिव,पत्रकार महासंघ) भेषराज भूजेल ९८५१०७०६३१(अप्रेशन प्रमुख, कनकाई विकास वैंक)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah