बिष्णुपसाद पोखरेल- मानिस आफैमा सर्वगुण सम्पन्न हुदैन । उसले पाउने सामाजिक परिवेशले उसलाई कस्तो बनाउने भन्ने केहि हदसम्म प्रयास गर्छ । अवसर सबैका लागि एकनाश हुदैन यसर्थ अवसरलाई टिप्न धोरैले सक्छन् । त्यसमा पनि अवसर पाएका धोरैले त्यस अवसरको उच्चतम सदुपयोग गर्छन् र सबै सामु लोकप्रीय बन्छन् । त्यसलाइ भनिन्छ असल नेता । असल नेतृत्व । असल अभिभावक । असल अभियान्ता ।

सन्दर्भ दमक जेसिजको तर्फबाट नेपाल जेसिजको आउदो नेतृत्वका लागि झापा दमकका प्रकाशप्रसाद अधिकारीको उम्मेदवारी । दमक जेसिजका पूर्व अध्यक्षमात्र नभएर नेपाल जेसिजका पूर्व उपाध्यक्ष हुदै कार्यकारी उपाध्यक्षसम्म भइसकेका अधिकारीलाई जेसिज अभियानमा अब नचिन्ने कमैमात्र होलान् । उनको लगनशिलता, छोटो समयमा बनाएको छबि र लोभलाग्दो नेतृत्व क्षमतालाई अब नेपाल जेसिसको अभियानमा लागेकाहरुले सम्मान गर्ने समय आएको छ ।
भनिन्छ कोहि मान्छेमा के क्षमता छ भन्ने उसले अवसर पाएमा मात्र देखाउन सक्छ । अधिकारी दमकमा राम्रो ब्यवसायिक र सामाजिक छबि बनाएको कान्छो ब्याक्तिमध्येको अग्रपङ्तिमा आउने नाम हो । उसले छोटो समयमा देखाएको आफ्नो खुबि र अवसरले दमकबासीको मनमा बस्न सफल भयो । त्यहाँमात्र सिमित रहने जेसिज अभियानमा लागेर नेपालभर आफ्नो नाम राख्दै गयो र आज नेपाल जेसिसको नेतृत्वमा पुग्ने क्षमता राख्यो । पूर्वबाट उदाएको घामलाई कसैले छेक्न सक्दैन र देशभर उज्यालो बनाउछ । त्यसरि नै प्रकाशप्रसाद अधिकारीको उम्मेदवारीलाई अब कसैले छेकेर छेक्न सक्दैन र उसको जित शुनिश्चित छ ।बिष्णु प्रशाद पोख्रेल
दमकमा पत्रकार सम्मेलन गरेर अधिकारीले आफ्नो भिजन प्रष्ट रुपमा राखेकाछन् र थप आफ्ना योजनाहरु देशभरका युवाहरुको भावाना बुझेर बनाउने प्रतिबद्धता जाहेर गरेकाछन् । उनले भनेकाछन्—‘जित्ने हार्ने एउटा कुरा होला तर देशभरका युवामन एकठाँउमा जोड्न म लागि पर्नेछु र यसैका लागि मेरो उम्मेदवारी हो ।’ नेपाल जेसिजलाई जेसिजहरुका लागि एउटा अवसरको महाबिद्यालय बनाउने उनको अठोटलाई सायदै धेरैलाई नकार्न सक्दैनन् जसरि सूर्यलाई हत्केलाले छेक्न सक्दैनन् ।
जसले दुख गर्छ र संघर्षबाट आएको छ त्यो ब्याक्तिले मात्र सबैको भावाना प्रतिनिधित्व गर्दछ । अधिकारी पनि यस्तै ब्याक्ति हुन् । दमकमा सानो पूजिबाट ब्यवसाय शुरु गरेका उनि अहिले एउटा सफल ब्यवसायिको रुपमा चिनिन्छन् । दमक जेसिजमा एउटा साधरणसदस्यबाट प्रवेश गरेका उनि राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष सम्म बनेकाछन् । दमक उद्योग बाणिज्य संघको कार्यसमिति सदस्यमा रहेर काम गरेकाछन् र राष्ट्रिय तथा अन्तराष्ट्रिय थुप्रै तालिमहरु लिएकाछन् । नेतृत्वका लागि खारिएको ब्याक्तिको रुपमा उनलाई लिन सकिन्छ यसले पनि उनले युवाहरुको मनलाई युवाहरुलाई जोड्न सक्छन् ।
जतिखेर तराइमा आगो बलेको थियो । तराइमा कोहि पस्न र बस्न नसक्ने अवस्था आउन लागेको थियो त्यो समय शान्तिको अभियान लिएर अधिकारीको नेतृत्वमा त्यस्तो ठाँउमा जेसिस पसेको थियो । राजनीतिक तथा सामाजिक संवादको माध्यमबाट समस्या सामधानको उपाय खोजि गरेको थियो । यो चानचुने थिएन र होइन । यो नेतृत्व गर्ने क्षमता राख्ने दमक जेसिजले राष्ट्रिय अध्यक्षमा प्रस्तुत गरेका प्रकाशप्रसाद अधिकारीको बिपक्षमा लाग्ने कोशिस गर्नु अध्यारोमा काँडाघारीमा हिड्नु शिवाय अरु केहि हुन्न ।
दमक जेसिज जेसिज अभियानमा लागेको करिब साढे तीनदशक पुगेकोछ तर उसले नेतृत्वका लागि कहिल्यै पनि खिचतानी गरेन । कसैलाई लडाइ अघि बढ्ने सोच राखेन र अहिले पनि राखेको छैन । यसर्थ प्रकाशप्रसाद अधिकारीलाइ सर्वसम्मत अध्यक्षको रुपमा सबैले स्वीकार गर्न सके जेसिज अभियानले नयाँ आयाम पाउने छ । जेसिजले यो बर्षलाई गौरव गर्न लायक बर्षको रुपमा लिन सक्नेछ । किनकि लामो समयदेखि दमक जेसिजले नेतृत्व पाउनका लागि संघर्ष गर्यो र काम गर्ने परिपक्क योजना बनायो । अरुको अवसर खोसेन तर अवसर दिएर कामलाई हेर्यो र त्यसबाट धेरै सिक्यो । अब दमक जेसिज पछि फर्कनु हुदैन र फर्कदैन ।
जेसिज अभियानमा लामो अनुभव बोकेको दमक जेसिजको उम्मेदवारीबाट देशभरका जेसिजहरु उत्साहित भएको पाइएको छ र जेसिज सदस्यहरुले भन्ने गरेकाछन्–‘अघि बढ् प्रकाश तिम्रो साथमा हामी छौ ।’ दमक जेसिजका अध्यक्ष सन्तोष अधिकारी दमक जेसिजको उम्मेदवारीले जेसिजहरुमा नयाँ आशाको दियो बालेको जनाउछन् । जेसिज सदस्यहरुमात्र नभएर जेसिजप्रति आस्था राख्ने र जेसिजलाई नजिकबाट बुझेकाहरुले समेत एउर्ट भन्दै आएकाछन्—‘अघि बढ् प्रकाश तिम्रो साथमा हामी छौ’

(पोखरेल दमक जेसिजका पूर्व उपाध्यक्ष, जनसम्र्पक अधिकारी,शाखा सम्पादक हुन्)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय