युवा संघ नेपालले सितलहर प्रभावित तराइका जिल्ला हरुमा न्यानो कपडा बितरण सुरु गरेको छ भने पिडितले राहत सामग्री बुझ्दै देउता नै आए जस्तो लागेको बताएका छन् ।

पछिल्लो समयमा सितलहरको कारण धेरैको मृत्यु भईसकेको अवस्थामा संघले गरेको यो राहत सामग्री वितरणले सिराहाको कल्याणपुरका पिडितलाई न्यानो मात्र नभई देशमा सहयोगी हातहरु पनि रहेको पिडितहरुले महशुस गरेका छन् । सितलहरको कारणले कठ्याङ्ग्रीएर जीविको पार्जन गरिरहेको समयमा सरकारले समेत कुनै राहत समाग्री वितरण गर्न नसकेको अवस्थामा युवा जोस, जाँगरका साथ पिडितलाई न्यानो कपडा तथा दैनिक आवश्यकिय सामाग्री वितरण गरी तराईका जनताको मन मुटुको सारथी हुन पुगेको छ युवा संघ नेपाल ।

सितलहर पिडितहरु भन्छन् ‘यो पटक चुनावमा जति ठाउँमा एमालेले जित्यो अव आउँदो चुनाबमा भने देशका सवै ठाउँबाट जितोस् अनि मात्र हामीले देशमा सरकार छ भन्न पाउनेछौं ।’ यो जनताको भनाईबाट के प्रष्ट हुन्छ भने नेपालमा वर्तमान सरकार जनताको सरकार नभई ढोडको तोक्मा जस्तोमात्र भएको छ । जसबाट नेपाली जनताले शान्तिको स्वास फेर्न पाएका छैनन् ।

प्रभावित क्षेत्रमा जिल्ला प्रशासनसँग समन्वय गरी दैनिक उपभोग्य सामग्री वितरण गरिको र आगामी दिनमा पनि आफ्नो संगठन आम नेपालीको मन मुटुको संगठन हुने र देशको समस्या नै आफ्नो समस्या भनि देशका निम्ती जुनसुकै समयमा विना वर्दिको प्रहरीको रुपमा काम गरिहने संघका अध्यक्ष तथा सांसद राजिव पहारीले बताएका छन् ।

अध्यक्ष तथा सांसद पहारीका अनुसार आफ्नो संगठनले तराईको जुनसुकै समस्यामा छाति थापेको र त्यसका निम्ती जहिले पनि आफ्नो संगठन हाजिर हुने बताएका छन् । चाहे वर्षादको समयमा डुवानको विषयमा होस् या सितलहरको समयमा होस् अथवा अन्या जुनसुकै तराईको समस्यामा जहिले पनि आफ्नो संघ जहिले पनि साथ रहेको बताएका छन् ।

उनले हिन्दी भाषालाई राष्ट्रिय भाषालाई स्वीकार गर्न नसक्ने तर मौथिली भाषालाई भने आफ्नो तथा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् । आम नेपालीलाई दुःखको विरुद्धमा आफ्नो संगठन खम्बाको रुपमा नै तराईमा झरी नाकाबन्दीको विरुद्धमा लडेको स्मरण गराउँदै अबका दिनमा पनि आफ्नो संगठन देशका निम्ती ज्यानलाई आहुति दिन तयार रहेको बताएका छन् । वाढी पहिरो, सितलहरबाट अब देशमा बामगठबन्धनको सरकारले त्यसको अन्त्य गराउने समेत दावि गरेका छन् ।

पहाडको माया तराईमा र तराईको माया पहाडमा दुःख सुख समग्र देशको साथ हुनुपर्ने उपाध्यक्ष तथा सांसद चन्द्र लामाले बताएका छन् । उनले एमाले विरोधी भनि गरिएको भ्रामक हल्लामात्र गरेको तर त्यो सत्य र असत्य बुझ्ने जिम्मा तराईका जनताको नै रहेको समेत बताएका छन् । उनले भने तराईको मागको सम्बोधन गराउनको निम्ती आफु हक हितको पक्षमा सदनमा समेत आवाज उठाउने बताएका छन् ।

मधेस आन्दोलन का समय मा मधेस सम्बाद तथा जागरण अभियान लियर भित्री मधेस पुगेको युवा संघ नेपाल तराइ का हरेक बिपत्ति मा उद्दार गर्न हरेक पटक लागि परेको छ। बाढी पीडित लाई राहत बितरण मा अगुवाइ गरेको युवा संघ नेपाल ले आगलागी पिडित तथा सितलहर प्रभावित को समेत नजिक को सहयोगी बनेको छ। तराइ का समस्या मा तत्काल फिल्ड मै पुगेर सहयोग गर्ने कल्चर युवा सङ्ह नेपाल को नेतृत्व ले स्थापित गरेको छ।

कार्यक्रममा संघका उपाध्यक्ष तथा सांसद चन्द्रलामा, सचिवालय सदस्य रमेश आचार्य, संघको स्वास्थ्य विभागका सचिव सन्तोष सिलवाल सहित विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah