दक्षिण कोरियाको राजधानी सोलको मध्यभागमा रहेको एक हाेटलमा भएको आगजनी आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ।

यस आक्रमणमा परी चार जना घाइते भएकाे प्रहरी स्रोतले जानकारी दिएको छ। घाइतेहरुलाई नजिकैको अस्पतालमा पुर्याइएको र उनीहरूको अवस्थाको विषयमा कुनै  विस्तृत जानकारी भने नअाएकाे बताइएकाे छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्रिपन्न बर्षीया एक व्यक्तिलाई यस आगजनीको आरोपमा पक्राउ गरिएको छ। दुई तले यस होटेलको एक कोठामा रिसले आगो भएर बसेका ती वृद्धालाई आगजनीको आरोपमा पक्राउ गरिएको प्रत्यक्षदर्शीले बताएका छन्।

यु नामबाट परिचति यी व्यक्तिले दश लिटर पेट्रोल लिएर भूत्लाबाट नै आगजनी सुरु गरेको बताइएको छ। छिमेकीले आगलागी नियन्त्रणमा ल्याउन खाजेपनि नियन्त्रणमा नआएको, यसप्रकारको घटना के कति कारणले गरिएको र सो सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ। सेतोपाटि बाट