सवाल नेपाल डेक्स

दमक/पूर्व राजा ज्ञानेन्द्र शाह झापाको दमक आउने तयारीमा रहेको बताईएको छ । मूलकमा बदलिदो परिस्थितिको बारेमा दमकमा बसेर उनले आफू निकटस्थहरुसंग छलफल गर्ने तयारी गरेको श्रोतको भनाइ रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्व राजा शाह दमकमा लामो समय बस्ने जनाइन्छ । माघको अन्तिम सातासम्ममा दमक आउने र उनि केहि हप्त यतै बस्ने तयारी गरेको श्रोतको दाबी छ ।

दमक स्थित चिया बगानमा रहेको मिनि दरबारको रंगरोगन देखि लिएर संरचना बनाउने कामहरु धमाधम भइरहेको र पूर्व राजा शाह लामो समय यहाँ बस्ने संकेत देखिएको बगान श्रोतले बताए ।

तनावमा रहदा र महत्वपूर्ण भेटघाट गर्न शाह यहाँ आउने गरेकाछन् । काठमण्डौमा रहदा सबैको चासो हुने भएकाले यहाँ रहदा त्यस्तो चासो छलिन सक्न भएकाले उनले दमक रोज्ने गरेको जनाइन्छ ।