अपराध लुकाउन जोगी जीवनशैली अपनाएका एक व्यक्ति सजाय सुनाएको १० वर्षपछि पक्राउ परेका छन् । किर्ते मुद्दामा अदालतबाट धरौटीमा छुटेपछि जोगी अघोरी बाबा बनेका नवराज पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली सर्टिफिकेटलगायत सरकारी कागजपत्र किर्ते गरेको आरोपमा ११ वर्षअघि पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो धरौटीमा छुटेका उनलाई २४ वैशाख ०६१ मा काठमाडौं जिल्ला अदालतले एक वर्ष कैद र ५० रुपैयाँको जरिवाना सुनाएको थियो । सो कैदबाट बच्न उनी तान्त्रिक र जोगी बनेका छन ।
भेष बदले पनि उनले आफ्नो अपराध लुकाउन सकेनन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पोखरेललाई सुन्दरीजलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्युरोका डीएसपी कृष्ण महतले बताए । उनलाई जेल चलान गरिएको छ । ११ वर्षअघि पोखरेलले कालिकास्थानमा कार्यालय नै खोलेर नक्कली सरकारी प्रमाणपत्रको धन्दा चलाउँदै आएका थिए ।



