हाम्रो सस्कार परम्परा नै महिला स्वतन्त्रताको पक्षमा छैन । देशमा लोकतन्त्र स्थापना भयो । बर्षौदेखिको निरंकुशता त हट्यो तर हाम्रो समाजमा जकडिएको परम्परागत शैलिभन्दा माथि उठ्न सकेको छैन । साना झुपडीदेखि भव्य महलमा समेत महिला हिंसाका घट्ना हुने गरेका छन् । झुपडीमा हुने महिला हिंसा भौतिक र शारिरिक रुपमा वढी देखिन्छन् । भने महल भित्रहुने मानसिक हिंसा महलको कम्पाउण्डको चौघेराबाट बाहिर आउन सकेका छैनन् । समाजमा जर्बजस्तिकरणी, बलात्कार, दाइजो, बोक्सीको आरोपमा नेपाली महिलाले शारिरिक तथा मानसिक पिडा भोग्नु परेको छ । छोरालाई मात्र प्रोत्साहन गर्ने संस्कार भएकाले पढेका महिलालाई समेत मानसिक रुपमा कमजोर बनाइएको छ । यस्ता पिडादायक घट्ना सहन नसकेर महिलाहरु पैजन केश हुने गरेको पाईन्छ । अस्पतालमा पैजनका घट्नामा आउने अधिकांश बिरामी समेत महिला हुने गरेको पाइएको छ । समाजले महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म महिला मुक्ती सम्भव देखिदैन । नेपाली समाजमा लेखपढ नगरेका महिलामात्र हैन पढेलेखेका र आत्म निर्भर महिला पनि हिंसाका शिकार हुनु परेको छ । पढेर डाक्टर भएकै कारण आफु समेत यस्तो व्यथाबाट अलग हुन सकेको छैन । त्यसैले समाजमा शिक्षासंगै चेतना भर्न आवश्यक छ । म आफ्नो पेशासंगै नेपाली समाजमा महिला अधिकारको पक्षमा लड्ने छु । यसै बिषयमा झापाको दमकको लाइफालाईन अस्पतालमा कार्यरत बरिष्ट फिजिसियन डाक्टर खुश्बु प्रियासंग गरिएको कुराकानी…..

-नेपाली महिलाको मानसिक शारिरिक स्वास्थ्य अवस्था कस्तो पाउनु भएको छ ?
सामान्य त अन्य मुलुकमा भन्दा नेपाली महिलाको स्वास्थ्य अवस्थामा ज्यादै कमजोर रहेको पाएको छु । म अहिले कार्यरत स्वास्थ्य संस्थामा दैनिक जसो एकदुईवटा पैजन केश आउने गरेका छन् । यसरी आउने पैजनका बिरामी अधिकांश महिला हुने गरेको तथ्याङक छ । त्यस बाहेक महिलालाई धेरै डिप्रेशनको समस्या समेत देखिएको छ । मैले पैजनको केशलाई उपचारमात्र गरेर छोडेको छैन त्यस्ता बिरामीलाई काउन्सिलिङ गर्ने गरेको छु । यस्ता घट्नामा आउने महिला बिरामीको पैजनको कारण खोजी गर्दा अधिकांश महिला पारिवारिक पिडा सहन नसकेर पैजन खाएको देखिन्छ । पिडीत महिलाले प्रहरी प्रशासनदेखि न्यायलय धाउदा समेत सुनुवाई नभएपछि बिष खान वाध्य हुने गरेको प्रतिकृया दिने गरेका छन् । यो समस्याप्रति नेपाली कानुन उदासिन छ । जसले न्यायका नाममा दुःख बाहेक केही दिन्न । यस्तो समस्या प्रति राज्य तत्काल गम्भिर हुन आवश्यक छ । यस्तो बिरामीलाई बिरामीको मात्र केशको रुपमा वुझ्नु हुन्नु यो समाजको विभेदकारी नीतिको उपज पनि हो ।
-नेपाली महिलाको स्वास्थ्य कमजोर हुनुमा देशको कानुन र शासन प्रणालीको बिचमा सम्वन्ध रहन्छ ?
हो त्यो देशको, सस्कार, कानुन र समाजले महिलको स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्ष असर पार्छ । जुन देशमा कानुन कडा छ । प्रत्येक नागरिक कानुले वाँधिएको हुन्छ । जुन देशका जनताले कानुनलाई विश्वास गर्छन । त्यो देश र समाजका महिलामा आत्मविश्वास बलियो हुन्छ । उनीहरु शिक्षा जुन स्तरको भएपनि आफ्नो क्षमता अनुसार निर्धक्क काम गर्न सक्छन् । उनीहरुमा डिप्रेशनको सम्भावना कम हुन्छ । स्वस्थ्य भनेको एउटा ठूलो सम्पत्ती पनि हो । स्वस्थ्य मानिसले धेरै काम गर्ने सकारात्मक सन्देश दिन सक्छ । हो त्यही भएर हाम्रो समाजमा पढेका हुन् वा नपढेका अधिकांश महिला कुनै न कुनै प्रकारका हिंसा भोगिरहेका छन् । जसले मानसिक स्वास्थ्य कमजोर भइ सोच्न सक्ने क्षमता कम हुदै जान्छ र विभिन्न खाले रोगले बास गर्छ । जसबाट आर्थिक र शारिरिक रुपमा क्षति भोग्नु पर्छ ।
– नेपाली महिला स्वास्थ्य रही समाजका हिंसा कम गर्न राज्यको भूमिका कस्तो रहनु पर्छ ?
पहिलो सर्त घरबाटै छोरा र छोरी विचमा हुने बिभेदको परिवार, आमा–बुबा, समाजको नकारात्मक मानसिकताबाट अन्त्य हुनु पर्छ । यो एक स्थानमा कसैले व्यक्तीगत रुपमा मात्र गरेर हुन्न । अधिकारकालागि देशमा विद्यमान विभेदकारी नीति अन्त्य गरेर महिलामैत्री कानुन बनाउनु पर्छ । जब मानिस मानसिक रुपमा ठिक हुन्छ तबमात्र मानिसले काम गर्न सक्छ । मानसिक रुपमा सचेत भएपछि महिला स्वास्थ्य सुधार भएर जान्छ ।
– नेपाली महिलालाई कानुन पहुँचदेखि स्वास्थ्य सेवामा कसरी अधिकार सम्पन्न बनाउन सकिन्छ ?
नेपालको प्रमुख प्रशासनिक केन्द्र रहेको सिंहदरवारको गेटभित्र छिर्न नै लैंगिक विभेदकारी पासको कार्ड बाडिन्छ । नेपालको प्रशासन हाक्ने कानुन निर्देशन गर्ने प्रशासनिक केन्द्र नै सर्वसाधारण महिलाकोलागि मंगलग्रह झैं टाढा छ । त्यो प्रशासनिक केन्द्रभित्र नेपाली महिलाकै पहुँच पुगेको छैन । पुगेका महिला पनि कुनै न कुनै पहुँचवालाको नातागोताबाट मात्र छिरेका छन् । जसले आफ्नो स्वतन्त्रताको कुरा उठाउन सक्दैनन् । यसरी पुगेका महिलालाई देखाएर देशमा महिला नेतृत्व छ भन्ने भाषण गर्न सजिलो भएको होला तर वास्तविक पिडित महिलाको दिनचर्यामा लोकतन्त्रको महशुस हुनेगरि परिवर्तन भएको छैन ।
-नेपालमा कुन जातजाति तथा धर्मसस्कारका महिला वढी पिडीत रहेका छन् ?
अन्तर्राष्ट्रिय स्तरका महिलाको अवस्था हेर्दा समग्र नेपाली महिलाको अवस्था नै गम्भिर प्रकृतिको छ । श्रीमान मरेपछि जीउदै सती जानु पर्ने सस्कारबाट आएको हाम्रो समाजमा केही परिवर्तन त भएका छन् । तर यो पर्याप्त भने छैन । नेपाली समाजमा सवैभन्दा कम आदीवासी महिलाको हकमा पारिवारिक केही स्वतन्त्रता रहेको पाईन्छ । त्यसपछि क्रमश क्षेत्री वाहुन महिलामा केही सुधार भएको छ । तर अझैपनि  मधेषी र मुस्लीम महिलाको अवस्था भने सुन्न सकिने खालको छैन । अधिकांश मधेषमा बिहानदेखि वेलुका सम्म छोरीको विवाह कै विषयमा कुराकानी हुने गरेको पाईन्छ । मधेषमा दाइजोका काराण नै आफु पढेको महिला समेत पिडित हुनु परेको र गर्भमा नै छोरी छ भने भ्रुण हत्या गर्ने गरेको विषय डर लाग्दो अवस्थामा रहेको छ ।
– महिला स्वास्थ्यकर्मी हुँदा कस्ता समस्या भोग्नु पर्छ ?
यो देशमा महिला गोठालोदेखि डाक्टर, प्राध्यापक राष्ट्रपतिसम्मले समस्या भोग्नु पर्छ । म आफु डाकटर भएका कारण दुईवर्षसम्म करारमा सरकारी जागिर समेत गरेकी थिए । उपल्लो तहका कर्मचारीको नचाँहीदो मानसिक दवाव सहन नसक्ने गरि आउने गरेको देखिन्छ । महिला कर्मचारीले बढुवा सरुवा हुनेदेखि सेवासुविधा लिने कुरामा समेत हाकिमले नै दुव्र्यहार गर्ने गरेका छन् । सरकारी सेवाको यो व्यवहार प्रति आफुलाई चित्त नुबुझेकै कारण अहिले निजी अस्पतालमा काम गरिरहेकी छु । महिलाले हरेक पाइलापाइलामा समस्या भोग्नु पर्छ । पिडीत महिलाले अधिकार खोज्न जाँदा प्रहरी र कानुनमा समेत पहुँच पु¥याउन नसक्दा झन समस्या जटिल रहेको छ ।
-तपाई स्वास्थ्यकर्मी नभएको भए के गर्नु हुन्थ्यो ?
म डाक्टर नभएको भए महिला अधिकारको क्षेत्रमा काम गर्ने थिए । अहिले पनि आफ्नो पेशा मात्र गरेकी छैन कुनै न कुनै क्षेत्रमा रहेर महिलाका अधिकारको विषयमा लडिरहेकी छु र लडिरहने छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय