दमक/ राष्ट्रिय सभा निर्वाचनको मिति नजिकिँदै मधेशबादी दलहरु बाम गठबन्धनप्रति झुकाव राख्न थालेकाछन् । राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले निर्वाचनमा तालमेल गर्ने उद्देश्यले भोलि वाम गठबन्धनसँग छलफल गर्ने तयारी गरेको बुझिएको छ ।
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रनारायण यादवले मंगलवार विहान ९ बजे वाम गठबन्धनका नेताहरुसँग चुनावी तालमेलबारे विशेष छलफल गर्ने कार्यक्रम रहेको स्वीकार गरेकाछन् ।
बाम गठबन्धनसंग सरकारमा समेत सामेल हुने बिषयमा मधेशबादी दलहरु सकारत्मक बन्न थालेको जनाइन्छ । ५ बर्ष प्रतिपक्षमा बस्नभन्दा बाम गठबन्धनको सरकारमा जाने सोचमा मधेशबादी दलहरु रहेको बताईएको छ ।
निर्वाचनपछि बाम गठबन्धनका नेता केपी शर्मा ओलीप्रति मधेशबादी दलका नेताहरु सकारत्मक बन्न थालेको पाईएको हो । यसले गर्दा मधेशबादी दलहरु सरकारमा आउने सम्भावाना प्रवल छ ।



