केदारबाबु पौडेल  दमक/चर्चित लोकगायिका एवं सञ्चारकर्मी कोमल वलीले पनि माननीय बन्ने सौभाग्य पाउने भएकीछन् । एमालेले दाङबाट वलीलाइ राष्ट्रिय सभा सदस्यमा उठाउने भएसंगै साँसद बन्ने बाटो खुलेको हो ।

ओली निर्वाचन अघि एमालेमा प्रवेस गरेकी थिइन् । उनि टिकटका लागि आँकाक्षी पनि रहेपछि त्यो समय टिकट दिनका लागि स्थानीय स्तरमा बिरोध आएपछि उनलाइ ब्याक गराइएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले र माओबादी भागवण्डा गरेर राष्ट्रिय सभा सदस्यमा निर्वाचनमा जाँदैछन् । यसले गर्दा सबै उठाएका उम्मेदवारहरुले जित्नेछन् । सम्भवत वलीले माननीय बन्ने अवसर पाउनेछिन् ।

सोमबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेसंगै वलीलाइ बधाइको ओइरो लाग्न थालेको छ । सामाजिक सञ्जालमा समर्थन र विरोधमा आवाजहरु उठ्न थालेकाछन् ।