दमक/प्रदेश नंं १ बाट राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेले उम्मेदवारहरु सिफारीस गरेको छ । यस प्रदेशबाट ४० जनाभन्दा बढिको नाम चर्चामा आएपनि ५ जनाको नाम सिफारीस गरिएको छ ।
राष्ट्रिय सभामा झापाका हरिचरण शिवाकोटी सहित अगम बान्तवा, खेम नेपाली, पर्शु मेघी गुरुङ र नैनकला ओझा एमालेको सिफारीसमा परेकाछन् ।
आज एमालेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । हिजो बसैको बैठकले निर्णय गर्न सकेको थिएन । धेरै आँकक्षी रहेपछि उम्मेदवार चयनमा समस्या रहदै आएको थियो ।



