अमेरिका – एक युवाले विद्यालयभीत्र अन्धाधुन्ध गोली चलाउँदा अमेरिकामा २ जना विद्यार्थीको मृत्यु भएको छ। घटनामा १७ जना घाइते भएका छन्।

अमेरिकाको केन्टुकी राज्यको बेन्टोनस्थित मार्सल काउन्टी हाईस्कुलमा कक्षा सञ्चालन हुनु पूर्व एक १५ वर्षिय युवाले गोली प्रहार गरेका हुन्। गोली लागेर एक १५ वर्षिय युवतीको घटनास्थलमा नै मृत्यु भएको थियो। अर्का युवकको भने अस्पतालमा उपचारका क्रममा मृत्यु भएको केन्टुकीका सरकारी अधिकारीले जानकारी दिए।

उनका अनुसार गोली प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहान करिव ८ बजेतिर भएको सो घटनामा संलग्न युवकको भने परिचय खुल्न नसकको प्रहरीले जनाएको छ। कक्षा संचालनका लागि सबै जुटिरहेको बेला अकस्मात अन्धाधुध गोली प्रहार भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन्।

स्थानीय लुइसभिल करियर जर्नले प्रहरीलाई उदृत गर्दै मृत्यु हुनेमा बेली होल्ट र प्रेस्टन कोप रहेको लेखेको छ।  घाइतेमध्ये १२ जना विद्यार्थीलाई गोली लागेको र बाँकि ५ जना भागदौडका क्रममा घाइते भएका प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार गोली चलाउने युवकलाई हत्या तथा हत्या प्रयास गरेको अभीयोगमा मुद्दा चलाइने छ।

केहि दिनको अन्तरालमा अमेरिकी हाइ स्कुलमा गोली प्रहार भएको यो दोस्रो घटना हो। गत सोमबार मात्रै टेक्सासमा एक १६ वर्षिय युवतीमाथि उनकै साथीले गोली प्रहार गरेका थिए। हाल ती युवतीको उपचार भईरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah