जापान : जापानस्थित उत्तरी साप्पोरोमा विपन्न समुदाय बस्नका लागि बनाइएको आवासीय भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ।

बुधबार बेलुका आवासीय भवनमा आगो लागेको दृश्य जापानी सरकारी टेलिभिजन एनएचकेले प्रशारण गरेको छ। एनएचकेका अनुसार १६ जना बस्दै आएको सो भवनबाट ५ जनालाई भने सकुशल उद्दार गरिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो आवासीय क्षेत्रमा रहेका ३ वटा भवनमा अधिकांश वृद्धहरु बस्दै आएका थिए। सामाजिक कार्यमा सक्रिय एक संस्थाले आर्थिक रुपमा कमजोर भएका र काम गरेर गुजारा चलाउन नसक्नेहरुका लागि सो भवन निर्माण गरिदिएको बताइएको छ।

जापानी स्थानीय अधिकारीहरुले आगलागीको कारणबारे अनुसन्धान थालेका छन्।

यसअघि सन् २०१० मा वृद्धहरु नै बस्दै आएको साप्पुरोस्थित एक नर्सिङ होममा आगलागी हुँदा ७ जनाको मृत्यु भएको थियो।