कविता

आमा...आमा हाउ ...!

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हो आमा

परदेशमाँ दुःख छ

अति नै दुःख

सारै नै दुःख छ

नसोचेको दुःख छ

हो आमा परदेश माँ दुःख छ!

कुदालो समांत्ने यी हातहरु

घास दौरा मेलापात गर्ने यी ज्यानहरु

भीर पहरा खोला खोल्सा हरुमा

डाडा काडा उकाली ओराली अनि भाज्याङ्ग चौतारी हुदै

अनगिन्ति जिन्दगीको दुःख लाई छिछोल्ने यो शारीर

आज ...

कुन भीड़ माँ कुन कुन एका देशको कथा जस्तै

मरुभूमिको बिरुवा झै

नफक्रिएको फूलको थुंगा जस्तै

नसप्रेको बाली जस्तै

पोखरी को पालुवा माछा झै

एका देशको कथा जस्तै

हो म भासीएको छु,पिल्सीएको छु

हो आमा परदेशमाँ दुःख छ नसोचेको दुःख छ!!

आमा..😢

धेरै पढ्नु धेरै बुझ्नु अनि धेरै जान्नु

त्यों अर्ति उपदेशलाई नमानेको कहा होर

नपढेको कहा होर नबुझेको कहा होर

नजानेको पनि कहा होर

यहा जानेर के हुन्छ?

बुझेर के हुन्छ?

अनि पढ़ेर के हुन्छ?

जानेर के पायौ?

बुझेर के पायौ?

अनि पढ़ेर के पायौ?

यहाँ एकात्मक राज्य छ

खोक्रो राष्ट्रियता छ

असमानुपतिक छ

खोक्रो शिक्षा छ

खोक्रो बुझाई छ

अभ्याबारीक़ छ

अनि अराजकता र अनियमित्ता छ

हो आमा यहाँ अराजकता छ

अनि भासीए एकादेशमा

हो आमा नसोचेको परदेशमाँ दुःख छ!!!

भाषा अर्कै धर्म अर्कै बोली अर्कै

देश अर्कै समाज अर्कै भेष अर्कै

कानून अर्कै सोचै अर्कै

बिचार अर्कै मन अर्कै

प्रबिधी अर्कै बिकाश अर्कै

सिस्टम अर्कै बोलिबचन अर्कै

उन्नति बिकाश अर्कै अनि ब्यक्तिहरु

मन मष्तिष्क भरी बिकाश

मुटुभरी भरी अठोटको निकास

यस्तो अनगिन्ति छन धेरै छन

हो यहाँ छु म यहाँ भोग्दै छु म यहाँ रुदै कराउदै

हजारौ को भीड़ माँ एक मेरो आवाज झै

बिस्तारै बिस्तारै मनहरु थमौदै

फाटीएको यो मन

च्यातिएको मुटु लाई सिलाउदै

साथी संगी सँगै रमाउदै

बिभिन्न संघ माँ कराउदै

सामाजिक कुरा गर्दै रमाउदै

हो म हराए को छु आफुलाई बुझाएको छु

मन मुटुलाई थमाँएको छु

हो

आमा परिवारको याद आएको छ

समाजको समुदायको याद आएको छ

देशको चिन्ता लागेको छ

भबिष्यको चिन्ता लागेको छ

हो आमा दुःख लाई केहि भुल्दै

मन मुटु बाट कहिलेकाही जोड़ हास्न आएको छ।

हो.....आमा परदेश माँ दुःख छ

जे जसो जस्तो होस् स्वदेश मै सुख छ

आमा परदेश माँ दुःख छ..!!!

हाल: मलेसिया