दमक/दमकमा सफल एवं पुराना ब्यवसायी राजकुमार श्रेष्ठ नेपाल राष्ट्रिय बाणिज्य संघको केन्द्रिय सदस्यमा निर्वाचित भएकाछन । पोखरामा भएको दोस्रो महाअधिवेसनबाट उनि केन्द्रिय सदस्यमा निर्वाचित भएकाहुन् ।
रेडिमेड कपडा व्यावसायि संघ दमक नगर अध्यक्ष समेत रहेका श्रेष्ठ यसभन्दा अगाडि पनि ब्यवसायीको नेतृत्वमा रहेका थिए । सामाजिक रुपमा समेत चिनिएका श्रेष्ठ पूर्वमा सबैभन्दा बढि रक्तदान गर्ने ब्याक्तिको रुपमा समेत परिचित रहेकाछन् ।
दमककै ब्यवसायी भरत चम्लागाइ पनि केन्द्रिय सदस्यमा निर्वाचित भएकाछन् ।



