बाग्लुङ्गकी २२ वर्षिया कमला शर्मा कक्षा  १२ को परीक्षाको तयारीमा थिईन् ।  उनीको पर्वतका २३ वर्षिय प्रदिप पराजुलीसँग चिना परिचय भयो ।

अन्ततः आज,भोली,पर्सी धाउँदै र फेशवुकबाट सुन्दर भविश्यका सपना देखाउँदै माया प्रेमको जालमा फसाउन सफल भए पराजुली ।

उनीहरुवीच लामो समयदेखि प्रेम सम्वन्ध चल्दै थियो । विवाहको प्रलोभनमा उनले पराजुलीलाई शारीरिक सम्बन्ध समेत भयो ।  त्यहि क्रममा शर्माले गर्भधारण गरिन् । दिन प्रतिदिन पेटमा बढ्दै गएको  शिशु के जन्मिएला ? कस्तो जन्मिएला ?  यस्तैयस्तै मिठा सपनाहरु देख्दै आएकी शर्माले त्यो सपना प्रेमी पराजुलीसँग साट्न चाहिन् ।

तर, त्यो खुशी साटेको केहिछिन नवित्दै आफ्नै मुटुको टुक्रा ठानिएका प्रेमीले गला रेटेर  ज्यान लियो र कालिगण्डकीमा फालिदियो ।

केहिदिन अघि गुल्मीको खड्गकोट पुछार कालिगण्डकी नदि किनारमा मृत फेला परेकी युवतीको घटना हो यो । वेवरिसे अवस्थामा भेटिएको उनको शव गुल्मी जिल्ला प्रहरी कार्यालयमा ल्याईयो ।

प्रहरीले शवको सनाखत पनि ग¥यो ।  शव वाग्लुङ्ग जैमुनी गाउँपालिका वडा नम्वर ८ की कमला शर्माको भएको खुल्यो ।

उनको हत्या गरेर  कालिगण्डकीमा फाल्ने पर्वतका विहादी गाउँपालिका वडा नम्वर २ बस्ने पदिप पराजुलीलाई प्रहरीले पक्राउ गरी पर्वत जिल्ला प्रहरी कार्यालय पठायो ।

पर्वत जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिलिप घिमिरेले शर्माको हत्या गरेको स्वीकार गरेको बताए ।

डिएसपी घिमिरेका अनुसार पराजुलीले यस्तो वयान दिएका छन्– 
‘उ सँग मेरो प्रेम सम्वन्ध थियो ।  माघ ५ गते साँझ ६ वजेतिर पर्वत र गुल्मी जोड्ने वउर पुलपारीको खेतमा हाम्रो भेट भयो । खेतमा एकछिन बस्यौं । उनले मेरो पेटमा गर्भ रहेको छ भनिन् । मैले गर्भपतन गर भनेर पटक पटक सम्झाएँ । उनले मान्दै मानिन् । त्यसपछि हाम्रो झगडा भयो । म फँस्ने भएँ, विवाह गर्न पर्नेभयो भन्ने ठानेर उनको सल झिकेर गलामा कसेँ, उनको ज्यान लिई सकेपछि लतार्दै  त्यही पुलमा लगेर खोलामा फालिदिएँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah