सोमनाथ पोर्तेलले भने-झापा जस्तो ठाउँमा खुल्लामा दिशा गर्ने अवस्था नै नहुनु पर्ने हो । तर दु:खका साथ अवस्था यस्तै छ भन्नू परिरहेको छ। अब खुल्ला दिशा मुक्त भो है भन्ने सन्देश दिन यो काम गरिएको हो ।

विष्णुप्रसाद पोखरेल
दमक/झापामा अझै पनि धेरै घपरिवार शौचालय विहिन रहेको र समाजका लब्धप्रतिष्ठित ब्याक्तिहरुको घरमा नै शौचालय नभएको सार्वजनिक भएको रहेको छ ।

यसै सन्दर्भमा स्थानीय सकारको रुपमा रहेका स्थानीय तहहरुले छिटो खुला दिशामुक्त बनाउनका लागि प्रयत्न गरिरहेको बताएकाछन् । जिल्ला समन्वय समिति झापाले पनि यो काम चाडो गर्न निर्देशन दिदै आएको छ ।

यसैक्रममा झापाका केहि गाँउपालिकाले शौचालय मुक्त भएको घोषणा गर्न जनप्रतिनिधि समेत सहभागि भएर दीपवली गरेर खुसियाली मनाएका समचारहरु आइरहेकाछन् ।

सोमबार साँझमात्र पनि गौरीगञ्ज गाउँपालिका, वडा नं.१ साविक महाभारा गाविस मा आज मंगलवार खुल्ला दिसामुक्त घोषणा गर्न दीपवली र खुसियाली मनाइएको छ ।

कूल १६ सय ५८ घरधुरी रहेको महाभारामा खुल्ला दिसामुक्त अभियान सुरु हुनुअघि ८ सय ८३ घरधुरीमा सुरक्षित शौचालय रहेका थिए । बाँकी ७ सय ७५ घरधुरीमा अभियानपश्चात् सुरक्षित चर्पी बनाइएको दाबी गरिएको छ ।

दमक नगरपालिका, शिवसतासी नगरपालिका र गौरादह नगरपालिका दीपावली गर्दै खुसियाली मनाउनका लागि आतुर रहेको पाइएको छ । उनिहरुले एक महिनाभित्रमा नै यसो गरिने बताइ सकेकाछन् ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले यो दुखद बिषय भएको भए पनि दुखका साथ यस्तो काम गरिरहनु परेको प्रतिक्रिया दिएकाछन् । उनले भने-झापा जस्तो ठाउँमा खुल्लामा दिशा गर्ने अवस्था नै नहुनु पर्ने हो । तर दु:खका साथ अवस्था यस्तै छ भन्नू परिरहेको छ। अब खुल्ला दिशा मुक्त भो है भन्ने सन्देश दिन यो काम गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah