चितवन। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरी ज्वाँई माधब खनालको सोमबार राती पानी सर्केर मृत्यु भएको छ।

चितवन पुलचोक निवासी खनालको सोमबार राती घरमै पानी खाने क्रममा सर्केर मृत्यु भएको हो। खनाल प्रेसर र सुगरको भने विरामी रहेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पानी सर्केर गाह्रो भएपछि नजिकैको भरतपुर अस्पताल पुर्‍याएपनि उनलाई त्यहाँ चिकित्सकले मृत घोषित गरेका थिए।

४८ बर्षिय खनाल चितवनमा श्रीमती र परिवारका साथ बस्दै आएका थिए। नेपाली काँग्रेसका क्रियाशिल सदस्य बामदेब खनालका छोरा माधवसँग काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरीको विवाह भएको थियो।

ज्वाँईको निधनको खबरपछि पोखरामा पार्टीको काममा गएका रामचन्द्र पौडेल चितवन आउने भएका छन्। मृतक खनालका छोरा विदेशमा अध्यनरत छन्।

छोरा आएपछि मात्र अन्त्यष्ठी गर्ने पारिवारिक स्रोतले जनाएको छ। माघ २४ गते बिहान ९ बजे देबघाटमा खनालको अन्त्यष्ठी गरिने बताइएको छ।