उमेश भट्टराई –कांग्रेस माओवादी र राजावादीहरुका केही राता मण्डललेहरुले भन्न थालेछन् एमालेले देशमा विकास गर्न चाहेको छैन । एमाले देश भडुवा पार्टी हो । आफ्नै नेता मदन भण्डारीको हत्यारालाई अहिलेसम्म पनि छानबिन गर्न नसक्ने पार्टी हो आदि भन्दै होहल्ला गर्दै रहेछन् । तिमीहरूलाई मेरो प्रश्न  पहिला तिमीहरूको नाइके प्रचण्डवादीले मारेका ती १७ हजार नेपाली जनताको छानबिन र ज्ञानेन्द्रवादीले गरेको राजदरबार हत्या काण्डको छानबिन गर्न तयार भएर लाग ? अनि हामी हाम्रो नेताको छानबिन गर्न तयार छौँ । होइन भने यस्ता बकम्फुसे कुतर्कहरु तिमीहरूले कहिल्यै नगर । सदनमा नेताहरूले बोल्न नसकेको कुराहरू तिमीहरूले बाहिर भुक्नुको अर्थ के ? बिदेशीको इसारामा लागेर देशमा राष्ट्रघाती कामहरु गर्ने प्रचण्ड नेतृत्व सरकारलाई केही देखेका छैनन् कि क्याहो यी स्यालहरुले ? सधै एमालेको मात्र खैरो खन्दै हिडिरहेका छन् । कांग्रेस माओवादी र राजावादीहरुले विप्लव माओवादीलाई गुहार माग्न थालेछन् । सडकमा उत्रिएका जनता सँग भिड्नु छ तिमीले हामीलाई साथ दिनुपर्ने भयो भन्दै हिजो विप्लवलाई भेटेर गुहार मागेछन् ।

तिमीहरूलाई हेक्का रहोस् सडकमा उत्रिएको जनसागर कसैसँग पनि लडाइँ लड्न उत्रिएको होइन ? आफ्नो देश बचाउमा उत्रिएको हो भन्ने कुराहरू बुझ्न जरुरी छ तिमीहरूले । एमालेले देशको विकास गर्न चाहेको होइन भन्ने स्यालहरुलाई मेरो प्रश्न छ स्( एमाले लगभग ४ पटक मात्र सरकारमा पुग्यो होला २०५१ साल देखि अहिलेसम्म लगभग सरकारमा सामेल भएको भनेको ४ पटक मात्रै होला । सायद त्यो बेलामा एमालेले के र्गयो देशका लागि अराजकता कामहरू तिमीहरू सँग यसको जवाफ छ ? एमालेले सरकारमा पुग्दा देशको विकास गरौं भनेर बारम्बार भनेको छ । अनि एमालेले कहाँनेर चाहेन देशको विकास गर्न ? कहाँनेर र्गयो एमालेले देश भडुवा कामहरू ? हिजो २०५१ सालमा मनमोहन अधिकारीको सरकार हुँदा देखि वृद्ध वृद्वाहरुलाई कसले दियो सामाजिक भत्ता ? यो पनि बिदेशी सरकारले बनाएको नियम हो कि क्याहो तिमीहरूका लागि ? यो नियम बनाएर एमालेले भत्ता गाउँ गाउँमा लिएर जाँदा कांग्रेसले के भनेको थियो त्यो बेलामा र हिजो अस्ति बढेको वृद्वा भत्तालाई पनि हामीले खाने भत्ता हुँदैन जेष्ठ नागरिकलाई दिनु भनेर कसले भन्यो, अनि कसले अराजकता र्गयो तिमीहरू सँग यसको जवाफ छ ? हिजो सरकारमा एमाले रहदा प्रत्येक जिल्लाका गाविसमा रकम पुर्याएर आ(आफ्नो गाउँको विकास आफै गरौं भन्दा कसले विरोध र्गयो अनि कहाँनेर र्गयो एमालेले देशका लागि अराजकता कामहरू ? एमाले जनताको पार्टी होइन ।

तिमीहरूले भन्दै आएका छौं । अनि एमाले जनताको पार्टी नभएर कसको पार्टी हो त तिमीहरू सँग यसको जवाफ छ ? हिजो केपी ओली सरकारले कहाँनेर के गरे राष्ट्रघाती कामहरू तिमीहरू सँग यसको जवाफ छ ? कमसेकम एमाले सरकारमा पुग्दा एमालेले भन्ने गरेको छ देशको विकास गरौं देशलाई समृद्ध नेपाल बनाऔ र जनतालाई सेवा सुबिधा दिलाऔ भनेर बारम्बार भन्ने पार्टी एमालेले कहाँनेर र्गयो अराजकता कामहरू ? एमालेले हावा बोल्छ केही कामहरू गर्दैन भनेर तिमीहरूले सधै भन्ने गर्छौ । तिमीहरूलाई मेरो प्रश्न छ । हावा कुराहरू नगरी केही बन्दैन तिमीहरूलाई याद होस् । तिमीहरूको बिहा गर्न त हावा कुराहरू नै गर्नुपर्छ हावा कुराहरू नगरी थाहा हुन गाह्रो पर्छ भन्ने कुराहरू बुझ्न जरुरी छ तिमीहरूले । पहिला हावा कुराहरू बाटै तिमीहरूको पनि बिहा हुन्छ तिमीहरूले यो कुराहरू पनि दिमागमा राखेर बसे हुन्छ । कमसेकम एमालेले देशको विकास गरौं भन्दा हावा बोल्यो एमालेले भन्दै हिड्ने कामहरू गरेयौ । तर एमालेले हावा कुराहरू बोलेको होइन र कहिल्यै बोल्दैन भन्ने कुराहरू तिमीहरूलाई हेक्का रहोस् । हिजो एमाले सरकार हुँदा एमालेले नेपालमा रेल चलाऔ भन्दा एमालेले हावा बोल्यो भन्दै एमालेको बद्नाम गर्दै हिड्ने काम गर्यौ । के नेपालमा रेल आउनु नौलो कुरा हो । मलेसिया, चीन भारत लगायतका मुलुकमा रेल कुदिरहेका छन् भने के नेपालमा चाहिँ रेल कुद्नु नहुने कुरा हो, के भन्न खोजेका तिमीहरूले ? नेपालमा के हावा बाट ग्यास निकाल्न नहुने कुरा हो अनि एमालेले कहाँनेर चाहेन देशको विकास गर्न ? अनि एमालेले कहाँनेर र्गयो देश र जनताका लागि अराजकता कामहरू ?

यसको जवाफ छ तिमीहरू सँग । देशमा दुई पटक अर्थमन्त्री भएका माओवादीको नेता महराले चीनबाट ५६ करोड रकम ल्याएर देशको विकास कहाँनेर गरेर देखाए, अनि हाम्रो मुलुकमा ३ पटक छिमेकी मुलुकले नाकाबन्दी लगाएर जनतालाई दुख दिदा कसले त्यसको नेतृत्व लिएर नाकाबन्दी खुलाए, तिमीहरू सँग यसको जवाफ छ ? हिजोका दिनमा फेरि छिमेकी मुलुकले हाम्रो देशलाई नाकाबन्दी गर्दा मधेसी नेताहरूलाई नाकाबन्दीको समर्थन गर्नुस् भनेर कसले आदेश दियो तिमीहरू सँग यसको जवाफ छ ? नाकाबन्दीको अगुवाइ गर्ने पार्टी कुन हो तिमीहरूलाई याद छ ?

अनि एमालेले नाकाबन्दी खोल्न दबाब दिदा कहाँनेर र्गयो एमालेले अराजकता कामहरू तिमीहरू सँग यसको जवाफ छ ? १९५० को सन्धीलाई कुन सरकारले उल्टाउन सफल भयो यसको जवाफ छ तिमीहरू सँग ? एमालेले देशमा अराजकता कामहरू गर्दै हिडिरहेको छ भनेर तिमीहरुले कसरी भन्न मिल्छ । तिमीहरूलाई हेक्का रहोस् एमाले पार्टी भनेको कुनै लिस्नु चढेर र कसैले मलजल गरेर हुर्काएको पार्टी होइन र कसैको इसारामा लागेर बनेको पार्टी पनि होइन ? यो आफै हुर्केको पार्टी हो र आफै बनेको पार्टी हो ? तिमीहरूले एमाले सँग टक्कर लिन नखोज्दा हुन्छ । कांग्रेस माओवादी र राजावादीहरुले यति कुराहरू बुझ्दा हुन्छ । हिजोका दिनमा आन्दोलन गरेर राजा फालेर गणतन्त्र लोकतन्त्र ल्याएको केका लागी र किन ल्याएका हौ यतातिर तिमीहरूको ध्यान जान जरुरी छ । आज त्यो लडाइँ लडेर ल्याएको गणतन्त्र लोकतन्त्रको शासन केही पनि देखिन्न । बरु देशमा यतिबेला के देखिन्छ भने विदेशी राजदुतावास तन्त्रको शासन पो देखिन्छ । खै गणतन्त्र लोकतन्त्र हाम्रो देशमा ? तिमीहरू अझै पनि अन्धभक्त भएर बसिरन्छौ कि अब केही गर्छौ ?

(यो लेखक को ब्यक्तीगत बिचार हो )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय