नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुणको दोस्रो साता प्रधानमन्त्री बन्ने तयारी हुँदैछन् । एमालेले आफ्नो नेतृत्वमा नेकपा माओवादी केन्द्रसहित मधेशकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ ।

एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष नेताहरु सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला एमाले नेतृत्वले अन्य दललाई पनि समेट्न गृहकार्य गरेको हो ।

वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि ओलीको नेतृत्वको रथमा को–को सवार हुन्छन् भनेर अहिलेदेखि नै बहस सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै अघि नै ओलीको नेतृत्वमा सरकार बन्ने सार्वजनिक रुपमै बताउँदै आएका छन् ।

वाम गठबन्धन निकट उच्च स्रोतले दिएको जानकारी अनुसार ओली सवार हुने रथमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सरिक हुने बुझिएको छ । ओलीको चाहना पनि आफू दुई तिहाईको प्रधानमन्त्री बन्नेछ ।

त्यसो भएपछि मधेशवादी दलले उठाएको संविधान संशोधनको मुद्दापनि सम्बोधन हुने पक्का देखिएको छ। ओली अहिले यादव र ठाकुरसँग नियमित छलफलमा जुटेका छन् । यता नेताद्धय ठाकुर र यादवले पनि संविधान संशोधन भए आफूहरु सरकारमा सहभागी हुने ग्रिन सिग्नल दिईसकेका छन् ।रिर्पोटसनेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah