एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी श्रीमती जशोधा बेन दुर्घटनामा परेकी छिन्।

बुधबार बिहान भएको सवारी दुर्घटनामा उनी घाइते भएकी छिन्। उनलाई उपचारका लागि चित्तौडगढको एक अस्पतालमा लगिएको छ। दुर्घटनाको कारण खुल्न नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जशोधा राजस्थानको कोटामा भएको वैवाहिक समारोहमा सहभागी भएर गुजरात फर्कने क्रममा दुर्घटना भएको हो।

उनी आफ्ना भाइ अशोक मोदीको साथमा गुजरात मेहसाना जिल्लामा बस्दै आएकी छिन्। उनलाई मेहसानाको प्रहरीले सुरक्षा प्रदान गर्दै आएको छ। नेपाल लाइभ बाट साभार