राष्ट्रिय सभाका सदस्यका लागि ७ नम्बर प्रदेशमा भएको निर्वाचनसँगै मतगणना पनि सम्पन्न भएको छ । सो प्रदेशमा वाम–गठबन्धनले ६ र कांग्रेसले २ पदका वाजी मारेको छ । प्रदेश–७ मा ६ पदमा यस अघि नै निर्विरोध निर्वाचित भएका थिए भने आज २ पदका लागि मात्रै मतदान भएको थियो । निर्वाचनबाट वाम–गठबन्धनका उम्मेदवार महेशकुमार महरा ‘सुधिर’ र चक्रप्रशाद स्नेही विजयी भएका छन् ।

अपांग तथा अल्पसंख्यकतर्फ माओवादीका महराले ३ हजार ७ सय ८ मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका छत्रराज जोशीले १ हजार ९ सय ८ मत प्राप्त गरेका थिए ।

त्यस्तै, दलिततर्फ एमालेका चक्रप्रशाद स्नेही ३ हजार ७ सय ८ मत प्राप्त गरी विजयी भए भने उनको निकटतम प्रतिद्धन्द्धी कांग्रेसका शेरिराम पार्कीले १ हजार ८ सय ९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।

निर्वाचनमा एक मत बदर थियो । गाउँपालिकाबाट निर्वाचित प्रतिनिधि दुई ठाउँमा मतदान गरेका कारण बदर भएको निर्वाचन अधिकृत पनेरुले जानकारी दिए । ८ जना राष्ट्रियसभाका सदस्य मध्ये ७ जनालाई आज नै निर्वाचित प्रमाण पत्र हस्तान्तरण गरिसकेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । माओवादीबाट निर्वाचित हरिराम चौधरी ‘उत्सव’ले मात्रै प्रमाणपत्र बुझ्न बाँकी रहेको छ ।

निर्विरोध निर्वाचित हुने ६ सांसद

प्रदेश–७ बाट ६ जना राष्ट्रिय सभाकाका लागि निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध हुनेमा खुल्ला समुहबाट कांग्रेसका बद्रीप्रसाद पाण्डे, एमालेका शेरबहादुर कुँवर र माओवादी केन्द्रका हरिराम चौधरी ‘उत्सव’ रहेका छन् । त्यस्तै, महिला समुहबाट कांग्रेसकी तारादेवी भट्ट, एमालेकी कमलाकुमारी ओली र इन्दु कडरिया रहेका छन् ।

मतदान ९९ प्रतिशत

राष्ट्रिय सभाका सदस्यका लागि प्रदेश ७ मा ९९ प्रतिशत मतदान भएको छ । स्थानीय तहका प्रमुख÷उपप्रमुखले शत् प्रतिशत मतदान गरेका छन् भने प्रदेश सभाका ५१ जनाले मतदान गरे । स्थानीय तहका १ सय ७६ र प्रदेश सभाका सदस्य ५३ जना गरी २ सय २९ जना मतदाता थिए । राष्ट्रिय जनता पार्टी नेपालबाट कैलाली १ बाट निर्वाचित दुई जना सांसदले मतदान नगरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राजपाका कैलाली १ ‘क’ बाट निर्वाचित कृष्णकुमार चौधरी र समानुपातिक तर्फकी मालती रानाथारुले मतदान नगरेका हुन् । मदतान नगरेको बारे सांसद थारुले भनिन्,‘हाम्रो उम्मेदवार पनि थिएनन्, कुनै दलले भोट पनि मागेनन्, त्यसैले हामीले मतदान गरेनौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah