काठमाडौं: बांग्लादेशमा विपक्षी नेत्री खालिदा जियालाई भ्रष्टाचारको अभियोगमा पाँच वर्षको जेल सजाय तोकिएको छ। प्रहरीले अश्रु ग्यास प्रयोग गरेर उनका हजारौं समर्थकलाई तितरबितर पारेपछि ढाकास्थित अदालतमा फैसला पढेर सुनाइएको थियो।

पूर्व प्रधानमन्त्री खालिदा जिया ७२ वर्षिया जियाले बालबालिकासम्बन्धी एउटा परोपकारी कोषलाई दिइएको रकम हिनामिना गरेको आरोप लगाइएको थियो। उक्त आरोप जियाले अस्वीकार गरेकी छन्। फैसला सुनाउनुपूर्व राजधानी ढाकामा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चुनाव लड्न प्रतिबन्ध पछिल्लो कारबाहीसँगै उनले सन् २०१८ मै हुने संसदीय चुनावमा लड्न पाउने छैनन्। उनले आफूविरुद्धका आरोपहरु राजनीतिक रुपमा प्रेरित रहेको बताएकी छन्। पछिल्लो मुद्दा जियाविरुद्ध थाती रहेका दर्जनौं मुद्दामध्येको एक हो।

जियाका समर्थकहरूले फैसलाविरुद्ध प्रदर्शन गरेका थिए जिया प्रधानमन्त्री शेख हसिना वाजेदकी दशकौंयताकी राजनीतिक प्रतिद्वन्द्वी हुन्। जियाका छोरा तारिक रहमानलाई १० वर्षको जेल सजाय तोकिएको छ। उनी हाल लण्डनमा छन्।

जियाका अन्य सहयोगीहरुलाई पनि १० वर्षकै जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ।