घटना भारतको उत्तर प्रदेशस्थित उन्‍नाव जिल्लाको सफीपुर कोतवाली क्षेत्रको हो। यहाँस्थित एक गाउँमा भित्रिएकी बेहुलीले सुहागरातअघि नै बच्चा जन्माएकी छिन्।

सातफेरा लिएको ११ घण्टापछि दुलहीलाई प्रसव व्यथाले च्यापेको थियो। त्यसपछि बेहुला पक्षका आफन्तहरु रिसले चुर भए। सफीपुर कोतवाली क्षेत्रको एक गाउँमा बस्‍ने युवकको बिहे बिछिया ब्लकस्थितकी एक गाउँकी युवतीसँग भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार युवक जन्ती लिएर गएका थिए। रातको समयमा हिन्दू परम्पराअनुसार बिहे भयो। बुधबार बिहान जन्ती घरतर्फ लाग्यो। नयाँ घरमा पुगेकी बेहुलीलाई बुधबार दिउँसो पीडा हुन थाल्यो। घरका महिलाले संझाउनअघि नै उनलाई प्रसव व्यथाले च्याप्यो। उनले छोरा जन्माइन्। त्यसपछि बेहुलाले बेहुलीसँग कुराकानी गरे। बेहुलीले एक युवकसँग सम्बन्ध रहेको स्विकारिन्।

प्रहरी चौकीसम्म पुग्यो विवाद बेहुलाले बेहुलीको माइती पक्षालाई बोलाए। बेहुली फिर्ता लैजान आग्रह गरे। तर माइतीले अटेर गरे। त्यसपछि बेहुला प्रहरी समक्ष पुगे। उनले बेहुलीका बाबु,आमा र बेहुली स्वयंमको विरुद्धमा धोका दिएको भन्दै उजूरी दर्ता गर्न माग गरे। बेहुलाका आमाबाबुको निधन भइसकेको छ। उनले बिहेका लिग आफ्नो जमिन बेचेका थिए।

आफुलाई एक्लो संझेर बेहुली पक्षाले गुमराहमा राखेको बेहुलाले गुनासो गरेका छन्। सफीपुर्रका प्रहरी कुलदीप तिवारीले माइतीपक्षसँग कुराकानी भइसकेको र उनीहरु छोरी लैजान तयार भइसकेको बताए । त्यतिन्जेल बेहुली बेहुलाकै घरमा बस्‍नेछिन्।