काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम एकता मन नपराउने पक्षले जुनसुकै सीमासम्मको षडयन्त्र गर्न सक्ने बताउनुभएको छ ।

राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एकतालाई ‘अनिष्ट भयो’ भनेर तर्सेका दक्षिणपन्थी शक्तिले वामपन्थी भित्रकै समूहलाई उपयोग गरेर एकतालाई भत्काउन जुनसुकै सीमासम्म जान सक्ने सम्भावना औंल्याएका हुन् ।

लेखक रामराजा रेग्मीद्वारा लिखित ‘नेपालको इतिहास, एक माक्र्सवादी दृष्टिकोण’ पुस्तकको विमोचन गर्नुहुँदै अध्यक्ष प्रचण्डले वाम एकताले नेपाली समाजको समृद्धि, स्थायित्व, विकास र सुशासनको जनताको चाहनालाई पूरा गर्ने भन्दै जनताले अनुमोदन गरेपनि यसलाई अनिष्टको संज्ञा दिनेहरूले षड्यन्त्र गर्न सक्ने बताउनुभएको हो ।

‘वाम एकताको घोषणाले पैदा गरेको तरङ्ग सबैभन्दा ठूलो छ । यो आम जनताका लागि सकारात्मक र अर्को पक्षका लागि नकारात्मक पनि गुणात्मक रुपले ठूलो छ । त्यसैले यी दुई कित्ताका बीचमा निकै तीब्र हुनेवाला छ । अर्कोतर्फ माक्र्सवादी भित्रका दक्षिण, मध्य र उग्र प्रवृत्तिका बीचमा पनि पेचिलो बहस हुनेवाला छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यो बहस बढ्दै जानेवाला छ । मलाई के लाग्छ भने परस्पर विरोधी कित्ता र आन्दोलन भित्रकै गलत चिन्तन र प्रवृत्तिसँग सम्बन्धितको कुरा गर्दा कहीँ न कतै त्यहाँ अनौठा अनौठा समीकरण देखिन सक्छन् ।’

नेपाली इतिहासमा वैचारिक, राजनीतिक र जनताको तागतको हिसाबले पराजित हुँदा अर्को कित्ताले अन्तिम लडाइँ लड्न चाहने र त्यो क्रममा माक्र्सवादी आन्दोलनका विचलनकारी शक्तिलाई नै उपयोग गर्ने अध्यक्षले बताउनुभयो । ‘यो संघर्षमा जनताको श्रमजीविको जीत हुनेतर्फ अगाडि बढ्यो । स्थायित्व, विकास र समृद्धितिर देश अगाडि बढ्दै गयो भने अर्को कित्तालाई सहने स्थिति नरहन पनि सक्छ,’ उहाँले भन्नुभयो, ‘नेपालको इतिहासमा यस्ता बिन्दु आउने गरेका छन् । चाहे राणाकालको उदयको कुरा गरौं या पछिल्ला परिघटनाको कुरा गरौं, दरबार हत्याकाण्ड या मदन भण्डारीको हत्यासम्म हेर्दा असह्य भएपछि यस्तो षड्यन्त्रमा उत्रिने देखिएको छ ।’

उहाँले अगाडि भन्नुभयो, ‘परिवर्तन विरोधी अर्को वर्ग र पक्षधरले माक्र्सवादी आन्दोलनका विचलनलाई प्रोत्साहित गर्ने, मलजल गर्ने र त्यही भित्रबाटै लडाइँ लड्ने गर्छ । म उपस्थित विद्वान साथीहरूलाई निकै गम्भीर, सकारात्मक र रचनात्मकरुपले विचार गर्न अनुरोध गर्दछु ।’

अध्यक्ष प्रचण्डले नेपालको इतिहासलाई नयाँ ढंगले अघि बढाउन खोजिएको भन्दै इतिहासको निर्माता जनता भएको बताउनुभयो । अहिले निर्वाचनमार्फत् जनताले स्थायित्व, समृद्धि र सुशासनका लागि वाम एकतालाई अनुमोदन गरेको हुँदा त्यसबाट पछाडि हट्नै नसकिने जिकिर गर्नुभयो । अध्यक्षले भन्नुभयो, ‘पपुलर भोटको कुरा गर्दा ५१ प्रतिशत र प्रतिनिधिमूलक भोट ६७ प्रतिशत छ । त्यसैले यसलाई भत्काउन खोज्नेहरू जुनसुकै सीमामा जान सक्छन् । यसलाई भत्काउन ठूलाठूला षडयन्त्र हुने छन् । यसलाई भत्काउन या सुदृढ गर्ने दुई वटा विकल्प हाम्रा अगाडि छन् ।’

अध्यक्ष प्रचण्डले जनताले निर्वाचनमार्फत् एकताको पक्षमा आदेश दिएको दोहो¥याउनुभयो, ‘त्यही आदेश पालना गर्ने क्रममा बीचमा केही आग्रह, पूर्वाग्रह, संकीर्णता र अराजकताले केही उतारचढाव भयो ।’ प्रचण्डले भन्नुभयो, ‘अन्ततः जनादेशलाई स्वीकार गर्नैपर्छ र बाहिर जान खोज्यो भने सह्य र क्षम्य हुँदैन, माक्र्सवादी, जनवादी हुन सक्दैन भनेर पार्टी एकता गर्ने आधारमा हस्ताक्षर गरेका छौं । हामी पार्टी एकतातिर अघि गई नै सक्यौं । पछाडि फर्के खाल्डोमा फस्नुबाहेक विकल्प छैन ।’

नेपाली जनताले नेपालको तीब्र विकास भएको हेर्न चाहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । एकतापछि नेपालको इतिहासमा नै सबैभन्दा ठूलो सदस्य भएको पार्टी हुने बताउँदै उहाँले जनताले यो एकीकृत पार्टीबाट ठूलो अपेक्षा राखेको बताउनुभयो । ‘यसप्रति जनताको आशा निकै बढी छ,’ अध्यक्षले भन्नुभयो, ‘जनताले सुशासन, विकास, समृद्धि गरोस् भन्ने अपेक्षा छ । द्रुतगतिमा विकास होस्, सबैखाले बेथितिको अन्त्य होस् र समृद्ध नेपाल छिटो स्थापना होस् भन्ने जनताको अपेक्षाको दबाब नेतृत्वमाथि धेरै ठूलो परेको छ ।’

पुस्तकमाथि परिचर्चा गर्नुहुँदै अध्यक्ष प्रचण्डले विश्वमा इतिहास २ किसिमले लेखिने गरेको बताउनुभयो । ‘एउटा राजा महाराजाले गरेका भनिएका चमत्कारका विषयमा इतिहास लेखिन्छ भने अर्को मजदुर जनताका श्रम र उत्पादन विकासका इतिहास लेखिन्छन्,’ प्रचण्डले भन्नुभयो, “राजा महाराजाको इतिहास लेखिनु पुजीवादी दृष्टिकोण हो भने जनताको इतिहास लेखिनु माक्र्सवादी दृष्टिकोण हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah