काठमाडौँ । सिरियामा सरकार र विद्रोहीबीच भएको भिडन्तका क्रममा एक सातामै बालबालिकासहित ५ सय भन्दा धेरै सर्वसाधरण मारिएको विरोधमा सोमबार काठमाडौँमा प्रदर्शन गरिएको छ ।

सिरिया हिंसाको विरोधमा माइतीघरमा गरिएको प्रदर्शनका सहभागी । तस्बिर: अन्नपूर्ण

सिरियाको राजधानी दमास्कसस्थित विद्रोही नियन्त्रित क्षेत्रमा अमेरिकी सहयोग लिएका विद्रोहीमाथि रुसी सहयोगमा त्यहाँको सरकारी फौजले हवाई हमला गर्दा सयौँ सर्वसाधरण मारिएको विरोधमा कामाडौँको माइतीघर मण्डालामा प्रदर्शन गरिएको हो ।

 

सिरियाको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा केही दिनयता जारी हवाई आक्रमणमा एक सातामै १२१ जना बालबालिकासहित पाँच सय भन्दा धेरै सर्वसाधरण मारिइसकेका छन् ।

निरन्तरको हवाई आक्रमणपछि मारिएका निहत्था बालबालिका र घाइतेहरुको हृदयविदारक तस्बिर तथा भिडियो सार्वजनिक भएपछि विश्वभरबाट त्यो आक्रमणको निन्दा भएको हो ।

माइतीघर मण्डालामा भएको प्रदर्शनमा स्वतःस्फुर्त सहभागी युवाहरुले सेभ सिरिया, स्टप वार, मानवीय आतंकवाद बन्द गर र सिरिया नरसंहार बन्द गर लगायत पम्प्लेट बोकेर प्रदर्शनमा सहभागी भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah