दमक-६८ औं विश्व मानव अधिकारको अवसर पारेर स्वदेश फर्कन चाहाने भूटानी शरणार्थीहरुले शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायको केन्द्रिय कार्यालय जेनेभामा ज्ञापन पत्र पठाइएको छ । भूटानी शरणार्थी जेष्ठ नागरिक स्वदेश फिर्ती समितिले इमेल मार्फत आज ज्ञापन पत्र पठाएको हो । पत्रमा विश्व मानव अधिकार घोषणा पत्र १९४८ को धारा १३ मा कुनै पनि देशमा अशान्ति हुँदा सुरक्षाका लागि शरण लिन कुनै पनि देशमा जान पाउने र शान्ति बहाल पछि फेरि स्वदेश फर्कन पाउँने अधिकार सुनिश्चित भएको भए पनि हालसम्म कार्यन्वयन हुन नसकेको उलेख्य छ । समितिका प्रवक्ता सन्तविर घलेले हस्ताक्षर गरेको प्रेश विज्ञप्तीमा भूटानी शरणार्थीको समस्या समाधानमा ३ विकल्पको कुरा उठाइए पनि हालसम्म तेस्रो मुलुकको प्रकृया कार्यन्वयन भएको अन्य स्वदेश फर्कन चाहाने शरणार्थीहरु हदैसम्मको पीडित भएको उल्लेख गरिएको छ । पछिल्लो समय भूटानी शरणार्थी शिविर वेलडाँगीमा १४ हजार हाराहारीमा शरणार्थीहरु रहेको शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरले जानकारी दिएको छ ।
शरणार्थीको यूनएचसीआरलाई ज्ञापन
सवाल नेपालसंवाददाताआइतबार, २४ मङ्सिर २०७३

शरणार्थीको यूनएचसीआरलाई ज्ञापन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



