एजेन्सी– अन्तिम श्रद्धान्जलीका लागि श्रीदेवीको पार्थिव शरीर अहिले मुम्बईको सेलिब्रेसन स्पोर्टस क्लबमा राखिएको छ। जहाँ बलिउडका हस्ती र उनका हजारौं फ्यान जम्मा भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार परिवारले श्रीदेवीको अन्तिम इच्छा पूरा गर्ने कोसिस गरिरहेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको अन्तिम इच्छा थियो– आफ्नो शव यात्रामा सबै चिज सेतो हुनुपर्छ।

श्रीदेवीकै इच्छा अनुसार उनको शव बोकेको ट्रक पनि सेतो बनाइएको छ। उनको शवयात्रामा सहभागी हुने सबैलाई सेतो कपडा लगाउन परिवारले आग्रह गरेका छन्। नेपाल लाइभ बाट