वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक सहयोगीले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

पूर्व मोडलसमेत रहेकी राष्ट्रपति ट्रम्पका सञ्चार निर्देशक होप हिक्सले राजीनामाको घोषणा गरेकी हुन्। हिक्सले ट्रम्पसँग अमेरिकी राष्ट्रपति हुनुभन्दा पहिलेदेखि नै काम गर्दै आएकी थिइन्। २९ वर्षीया उनी राष्ट्रपति ट्रम्पका लामो समय काम गर्ने सहयोगीमध्ये एक हुन्। उनी गत सेप्टेम्बरबाट ह्वाइट हाउसमा सञ्चार निर्देशक पदमा नियुक्त भएकी थिइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको घोषणापछि राष्ट्रपति ट्रम्पले हिक्स साँच्चिकै असल व्यक्ति भएको टिप्पणी गर्दै उनको अभाव खट्किने बताएका छन्।

हिक्सले राजीनामा दिने घोषणा गरे पनि कहिलेबाट लागू हुने भन्नेबारे प्रष्ट नभएको ह्वाइट हाउसका प्रवक्ताले बताएका छन्।