काबुल– अफगानिस्तानमा विगत शनिबार रातिदेखि आइतबार अपराह्नसम्म सरकारी सेनाले चलाएको सुरक्षा कारबाहीमा परी सरकारविरोधी ५० लडाकु र २० जना इश्लामिक स्टेट (आइएस) समूह आबद्ध लडाकुको मृत्यु भएको छ।

अफगानी रक्षा मन्त्रालयका सहप्रवक्ता जनरल मोहम्मद रादमनिषले आइतबार पत्रकारलाई बताए, ‘शनिबार र आइतबार देशका विभिन्न भागमा सञ्चालन गरेका सुरक्षा कारबाहीमा ५० जना आतंककारी तथा २० जना आइएस लडाकुको मृत्यु भएको छ।’

ती झडपमा २७ जना विद्रोही घाइते भएको पनि जनाइएको छ।

अधिकारीका अनुसार २० जना आइएस विद्रोहीको अफगानिस्तानको उत्तरी जाज्जन प्रान्तको दारजव क्षेत्रमा भएको भिडन्तमा मृत्यु भएको हो। उक्त घटनामा कैयौं विद्रोही घाइते बनेका थिए।

सरकारले हवाई आक्रमणका साथै स्थल सेनाको आक्रमणलाई सञ्चालन गरेको र छोटो समयमा विद्रोहीलाई जाज्जन क्षेत्रबाट धपाएको जनाएको छ।

यसबारे तालिवानी विद्रोही तथा आइएस समूहबाट कुनै प्रतिक्रिया आइनसकेको बताइएको छ। (रासस/सिन्ह्वा)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah