
दमक/सिएफसी कतार झापाको दमकमा जारी चौथो ओविसिए अन्तराष्ट्रिय शरणार्थी च्यालेन्ज कपको फाईनलमा प्रवेश गरेको छ ।
आज भएको सेमिफाईनल चरणको पहिलो खेलमा आयोजक फेन्स क्लब अफ विआरसी भूटानलाई घरेलु मैदानमा १–० को गोल अन्तरले स्तब्ध बनाउदै कतारले फाईनलमा आफ्नो स्थान पक्का बनाएको हो । कतारलाई जित दिलाउन दोश्रो हाफको २४ औँ मिनेटमा जर्सी नम्बर १० का निशान लिम्बुको पासलाई सदुपयोग गर्दै जर्सी नम्बर १८ का विशाल राई ‘ए’ ले गोल गरेका थिए । खेलमा राईले गरेको गोलनै कतारका लागि निर्णायक बन्न पुग्यो । रोचक र प्रतिष्पर्धात्मक देखिएको खेलमा आयोजकले गोल गर्ने धेरै मौका पाए पनि गर्न सकेन । आजको खेलको म्यान अफ द म्याच कतारका विशाल राई ‘ए’ घाषित भए । यसैबीच भोलिको सेमिफिाईनल खेलमा रोयल क्लब अफ भारत र काँकडभिट्टा ट्रेनिङ्ग सेन्टरबीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख २ हजार १६ रुपैयाँ नगद, प्रमाणपत्र, मेडल र ट्रफि प्राप्त गर्ने छ भने द्वितीय हुने टिमले ६२ हजार १६ नगद, प्रमाणपत्र, मेडल र ट्रफि प्राप्त गर्ने आयोजकले जनाएको छ ।