
मानिसमा दृढ इच्छाशक्ती र सकरात्मक सोचको विकाश भयो भने अवश्यपनि समाज परिवर्तनका लागि महत्वपुर्ण कसि बन्न सक्छ । सकरात्मक सोच अनि निरन्तरको प्रयासले पक्कापनि मानिसलाई एउटा परिपक्को जिम्मेवार नागरिकको रुपमा समाजमा स्थापीत गरेका उदाहरणहरु पनि हामी माझ जिबितै छन । शारिरीक रुपमा अशक्त रहेका व्याक्तीको एउटा सानो सोचले पनि समाज परिवर्तनका लागि ठुलो भुमिका हुन्छ भन्ने गतिलो उदाहरण बनेका छन यतिबेला दमक १३ का भेषराज न्यौपाने ।
भनिन्छ शिक्षा नै समाजको ऐना हो । शिक्षा नभएको मानिस पशुसमान हुन्छ, पूर्बिय दर्शनलेपनि यसै भन्छ । सत्य पनि तेहि हो जाहाँ शिक्षाको महत्वलाई बुझिन्छ तेहि समाज सभ्य भब्य र सम्मृद्धशाली बन्न सक्छ । यहि मर्मलाई बुझेर न्यौपानेले शुरु गरेको समाज परीवर्तनको अभियान आफैमा चुनौती पुर्ण र अविष्मरणीय पनि छ । ३१ वर्षिय न्यौपाने आफैमा शारिरीक रुपमा अशक्त हुनुहुन्छ । कुरो २०६१ साल फागुन २७ गतेको हो । जुन दिन १८ वर्षको उमेरमा न्यौपानेको जिवनमा अकल्पनिय घटना घटयो जसले उनलाई जिवन भरका लागि अपाङ बनाई दियो । दमक बहुमुखी क्याम्पसबाट कक्षा १२ को अध्यान गरिरहेका न्यौपाने आफनो मनभरी नेपाली सेनाको सेकेण्ड लप्टन बन्ने उच्च मनोबल लिएर त्यो दिन विहान पनि मर्निङ बाकमा निश्किएका थिए । आफनो घरको बरण्डामा बसेर गफ गरीरहेका न्यौपाने अचानक लड्े र आगनमा बजारिए । सो घटना पछिको लामो उपचारले न्यौपानेलाई पुर्नजिवनता दियो तर शारिरीक रुपमा अशक्त हुनु परर्यो । शिसासरी फुटेको मन अनि भविष्यकै सवै सपना अमिलो बनेपछी उनमा छटपटाहट पैदा गरायो । उपचारकै क्रममा एक जना विदेशीले लेखेको नेपोलियन हिल भन्ने पुस्तक पढन मन लाग्यो र साथीहरुलाई आग्रह गरे । तर त्यो पुस्तक आसपासका नेपाली बजार लगायत भारतको सिलीगुढीमा समेत नपाएपछी सो घटनाले न्यौपानेको मनमा एउटा उर्जा पैदा गरिदियो । जसको परिणाम स्वरुप अहिले उनले आफै अध्यक्ष बनेर दमक पब्लिक लाइव्रेरीको स्थापना गरे ।
जुुन कुराका लागि न्यौपानेलाई विभिन्न साथी संगती तथा संघसस्थाहरुको प्रत्यक्ष सहयोग मिल्दैगयो । हाल न्यौपानेले स्थापना गरेको लाईव्रेरीमा ३ सय जना सदस्य बनीसकेका छन भने स्वदेशी तथा विदेशी विश्व प्रसिद्ध लेखनहरुले रचना गरेका ६ हजार भन्दा बढि विश्व चर्चित विभिन्न पुस्तकहरु रहेका छन । हाल दमक स्थित मोडल क्याम्पसबाट डिप्लोमा तेस्रो वर्षमा अध्यायनरत न्यौपानेले भविष्यमा समेत अझ शसक्त सामाजि सेवागर्ने उच्च सोच पालेका छन ।
न्यौपानले भन्छन “मेरो लक्ष्य भनेको सामाजसेवा गर्ने रहेको छ भने समाजसेवा शास्त्रबाटनै माष्टर डिग्री गर्ने सपना मनभरी पालेका छु । हेरौ कतिको संभब हुन्छ भनिन्छ जाहाँ इच्छा तिहा उपाय भनेझै मेरोपनि केही उपाय पक्का निश्कन्छ होला ।” हाल न्यौपाने एक जना सहयोगीको साथमा ह्युइल चियरको माध्यमबाट मात्र यता उता गर्न सक्नु हुन्छ । हाल यो लाइव्रेरीमा सग्रहगरिएका पुस्तकहरु कति आफैले किनेका छन भने कतिपय पुस्तकहरु विभिन्न दाताहरुले सयोग गरेका छन । पूस्तकालय संगै लाईब्रेरीमा साप्ताहिक कार्यक्रमका रुपमा प्रत्येक हप्ताको शनिवार विभिन्न साहित्यीक तथा रचनात्मक कार्यक्रमहरु समेत हुदै आएका छन । यसका साथ साथै यही लाइव्रेरीको माध्यमबाट विभिन्न क्षेत्रमा हुने गरेका समाजिक गतिविधिहरुमा समेत सहभागि हुदै कतिपय यस्ता कार्यक्रमहरुको आफैले पनि आयोजना गरेर समाजलाई सकारात्मक सन्देशको प्रवाह गरिरहेका छन । पछिल्लो समयमा युवा युवतीहरुमा पुस्त पढने बानी घटदै गएकोमा न्यौपानेको निके चित्त दुखेको छ । उनिभन्छन “पढनुनै सवै भन्दा ठुलो कुरा हो, जति धेरै आफुले लिन सक्यो तेतिनै अरुलाई पनि दिन सकिने भएकाले पढने बानी बसाउन अपरिहार्यछ । त्यसमा पनि विदयालयस्तर देखी कलेज सम्मका विदयार्थीहरु कालागित झनै धेरै पढन र धेरै कुरा जान्न अतिनै जरुरी छ ।”
शिक्षानै जिवन र जगतको ज्योतीहो भन्ने मुल अभिप्रायले पछिल्ला दिनमा आएर न्यौपानेले एउटा नयाँ सोचको विकाश गर्नुभएको छ । स्थानिय क्षेत्रको शिक्षालाई थप प्रभाबकारी र दिगो बिकाशका लागि उच्च सोचका साथ दिर्घकालीन योजनाका रुपमा शैक्षिक अभिबृद्धी कार्यक्रम शुरु गर्नु भएको छ । स्थानिय क्षेत्रमा रहेका विदयालयहरुमा स्वयंम सेवकहरुको माध्यमबाट विदयालय स्तरबाटनै शैक्षिक अभिबृद्धीको कार्यक्रम शुरु गरिएको न्यौपानेले बताउनु हुन्छ ।
मानिसमा सवैभन्दा ठुलो कुरा भनेको बिचार हो र उसले त्यो विचारलाई उच्च सोच र दृढ इच्छाशक्तिले अगाढी बढाउने हो भने अवश्य पनि असफलता भन्ने कुरानै रहदैन । यसैको एउटा उदाहारण हुन दमक १३ का भेषराज न्यौपाने ।