लस एन्जलस (अमेरिका), ३० मङ्सिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले थप तीन जनालाई बिहीबार राणनीतिक र नीतिगत महत्वपूर्ण जिम्मेबारी दिनुभएको छ ।

महत्वपूर्ण जिम्मेबारी पाउनेमध्ये रकेट एण्ड स्पेसक्राफ्ट मेनुफ्याक्चर स्पेसिकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत एलोन मुस्क, उबर टेक्नोलोजिक्सका प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक ट्राभिस कलानिक र पेप्सीकोका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत इन्द्रा नुयीलाई उहाँले नियुक्त गर्नुभएको हो ।

“अमेरिकासँग विश्वकै नयाँ र चलायमान कम्पनीहरु छन्, ती कम्पनीहरुमा प्रभावशाली प्रमुख कार्यकारी अधिकृतहरुले नेतृत्व दिइरहेका छन्, जो आआफ्नो क्षेत्रमा स्थापित छन्”, ट्रम्पले भन्नुभएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उहाँले अगाडी थप्नुभयो, “मैले त्यस्तै प्रभावशाली व्यक्तित्वको सहयोग र सहकार्यबाट अमेरिकामा व्यापार व्यवसायका वातावरण बनाउँदै नयाँ रोजगारीका अवसरहरु सृजना गर्न गईरहेको छु ।”

टेक्नो लिडरका रुपमा नियुक्त भएका मुस्कले बिहीबार नै न्युयोर्कमा ट्रम्पसँग नयाँ रोजगारी सृजना, अन्य देशसँगको व्यापार वृद्धि, सुचना प्रबृधिको विकासलगायतका विषयमा छलफल गरिसक्नु भएको छ ।