मंसिर-३० / दमक-पूर्व कानुनमन्त्री तथा नेकपा एमालेका नेता अग्नि खरेलले मधेश र पहाड टुक्र्याउने पक्षमा एमाले नरहेको बताउनुभएको छ । उहाँले १८ वर्ष देखि प्रतिनिधि विहीन रहेको स्थानीय तहलाई पूर्णता दिन निर्वाचनमा जाने सहमती जनाए पनि संविधान संशोधनको नाममा मधेश र पहाड टुक्र्याउने कुरा एमालेलाई मान्य नभएको बताउनुभयो । आज झापको गौरादहमा प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खरेलले संविधान संशोधनको नाममा ५ नम्बर प्रदेशमा पहाड र मधेशमा अलग्याईएको कुरा जनभावना विपरित भएको बताउनुभयो । यस अघि एमाले सरकारमा रहेको बेला २ नम्बर प्रदेशको पूनर्संरचना मधेशलाई फकाउन एमालेबाट गल्ति भएको भन्दै एमाले ले त्यस गल्तिलाई सच्याउन तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ हामीले पहिलानै २ नम्बर प्रदेश निर्माण गर्दा गल्ति गरि सकेका छौँ अब थप गल्ति गर्न चहादैनौँ, बरु गल्ति सच्याएर अघि बढ्छौँ’ । पटक पटक अवरुद्ध भएको संसद खुलाउन एमाले तयार भएको भएपनि राष्ट्को हित विपरित संविधान संशोधन गर्न नदिने बताउनुभयो । फरक प्रसंगमा उहाँले संक्रमणकाल लम्याएर भएपनि पुरानै संरचनामा स्थानीय तहको निर्वाचन गर्नु पर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो,‘ निर्वाचन नहुदा देशमा आई पर्ने संवैधानिक संकट अन्त्य गर्न पुरानै संरचनामा निर्वाचन गर्न आवस्यक छ’ ।
मधेश र पहाड टुक्र्याउने पक्षमा एमाले छैनः नेता खरेल
सवाल नेपालसंवाददाताबिहीबार, २८ मङ्सिर २०७३

मधेश र पहाड टुक्र्याउने पक्षमा एमाले छैनः नेता खरेल
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



