मंसिर-३० / दमक-पूर्व कानुनमन्त्री तथा नेकपा एमालेका नेता अग्नि खरेलले मधेश र पहाड टुक्र्याउने पक्षमा एमाले नरहेको बताउनुभएको छ । उहाँले १८ वर्ष देखि प्रतिनिधि विहीन रहेको स्थानीय तहलाई पूर्णता दिन निर्वाचनमा जाने सहमती जनाए पनि संविधान संशोधनको नाममा मधेश र पहाड टुक्र्याउने कुरा एमालेलाई मान्य नभएको बताउनुभयो । आज झापको गौरादहमा प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खरेलले संविधान संशोधनको नाममा ५ नम्बर प्रदेशमा पहाड र मधेशमा अलग्याईएको कुरा जनभावना विपरित भएको बताउनुभयो । यस अघि एमाले सरकारमा रहेको बेला २ नम्बर प्रदेशको पूनर्संरचना मधेशलाई फकाउन एमालेबाट गल्ति भएको भन्दै एमाले ले त्यस गल्तिलाई सच्याउन तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ हामीले पहिलानै २ नम्बर प्रदेश निर्माण गर्दा गल्ति गरि सकेका छौँ अब थप गल्ति गर्न चहादैनौँ, बरु गल्ति सच्याएर अघि बढ्छौँ’ । पटक पटक अवरुद्ध भएको संसद खुलाउन एमाले तयार भएको भएपनि राष्ट्को हित विपरित संविधान संशोधन गर्न नदिने बताउनुभयो । फरक प्रसंगमा उहाँले संक्रमणकाल लम्याएर भएपनि पुरानै संरचनामा स्थानीय तहको निर्वाचन गर्नु पर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो,‘ निर्वाचन नहुदा देशमा आई पर्ने संवैधानिक संकट अन्त्य गर्न पुरानै संरचनामा निर्वाचन गर्न आवस्यक छ’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय