- ‘समानता भनेको थाहा छ तिमीहरुलाई ?’

- ‘थाहा छ सर !’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

- ‘ल तिमी भन !’

- ‘जल-भ्रम र खाने पानी संस्थान |’

- ‘अब तिम्रो पालो !’ - ‘मृग-तृष्णा र मेलम्ची |’

- ‘तिमी भन त !’ - ‘मृग-मरीचिका र विकास |’

-सूत्र-कथा : हर्षको आँसु / विष्मातको आँसु -

- कात्यायन - ऊ पढ्नमा जेहेन्दार थियो | समयलाई आफ्नो पोल्टामा पार्यो | उच्च शिक्षा अध्ययनकोलागि अमेरिकाको कुनै प्रतिष्ठित विश्व-विध्यालयमा जान तारतम्य पनि मिलायो | - सपरिवारसहित आमा पनि विमानस्थलसम्म उसलाई पुराउन जानु भयो | विदाइको अन्तिम क्षणमा हर्षको आँसु झार्नु भयो | - त्यहाँ पनि पढ्नमा ऊ अब्बललै रह्यो | केही खर्च पनि घरमा पठाउने गर्थ्यो | दीक्षान्त समारोहमा आमासहितलाई निमंत्रणा पठायो | आमाले भनिन् – देशको अवस्था ठीक छैन | ग्रीन-कार्ड भए पछि आउँछौँ | - उसले सोच्यो – देश अस्वस्थ रहेछ ! अनेकन सुअवसरलाई तिलांजली दिँदै स्वदेश फर्कने निर्णय लियो | - फेरि पनि आमाले विमानस्थलमा आँसु झारिन् – तर विष्मातको !

चाबहिल, काठमाडौँ – ७ |