
अङकरा (टर्की), २ पुस । टर्कीको कायसेरीमा शनिबार भएको बम आक्रमणमा परी १३ जना सुरक्षाकर्मी मारिएका छन् ।
बसमा यात्रा गरिरहेका बेला आक्रमणकारीहरुले बसमै बम प्रहार गर्दा उनीहरुको मृत्यु भएको जनाइएको छ ।
सो घटनामा परी कम्तीमा ४८ जना घाइते भएको पनि प्रहरीले अधिकारीहरुले जनाएका छन् ।
टर्कीका उपप्रधानमन्त्री भेयसी कायनाकले कार बम विस्फोट भएको र बसमा रहेका सुरक्षाकर्मीलाई लक्षित गरी विस्फोट गराइएको बताउनु भएको छ ।
घटनामा परी घाइते भएकाहरुलाई तत्काल स्थानीय अस्पतालमा उपचार गरिएको छ । उक्त घाटनामा केही आम नागरिकसमेत परेका छन् ।