बेइजिङ– उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा रहेको चीन र उत्तर कोरियाले पुष्टि गरेको छ। उत्तर नेता उनलाई मंगलबार चीनस्थित विशेष रेलमा सवार भएको टेलिभिजन फुटेज स्थानीय सञ्चार माध्यमले प्रशारण गरे पनि दुबै राष्ट्रले भ्रमणको बारेमा आधिकारिक जानकारी दिएका थिएनन्।

सन् २०११ मा शक्तिमा आएपछि नेता किमको यो पहिलो विदेश भ्रमण हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले उत्तर कोरिया र चीनका राष्ट्रपति सि जिन पिङबिचको कुराकानी सफल भएको समाचार लेखेको छ। नेता किमको चीन भ्रमण निकट भविष्यमा हुन गइरहेको दक्षिण कोरिया र अमेरकाबीचको वार्तामा उठाउन सकिने मुख्य मुद्दाहरुको तयारीमा केन्द्रित रहेको बताइएको छ।

अघिल्लो महिना मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेता किमले दिएको भेटवर्ताको निम्तोलाई स्विकार गरेका थिए।

ट्रम्प प्रशासनसँग वार्ता गर्नुहघि उत्तर कोरिया र चीनका नेताहरुले भेट गर्नसक्ने विश्लेषकहरु बताएका छन्। चीन उत्तर कोरियाको लागि प्रमुख आर्थिक सहायता गर्ने राष्ट्र हो।

नेता किमले चिनीयाँ समकक्षीसँग आणविक कार्यक्रम बन्द गर्न प्रतिवद्धता जनाएको सिन्ह्वाले लखेको छ। उता उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएले नेता किमको भ्रमण चीनसँगको सम्बन्ध सुधारका लागि कोसेढुंगाा भएको टिप्पणी गरेको छ।