सार्वजनिक नाममा दिईदै आएका २२ दिन बिदा कटौती भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा बार्षिक २२ दिन बिदा कटौती गरेको हो । अब ५२ शनिवार र अन्य १६ दिन सार्वजनिक विदासहित राष्ट्रव्यापी रुपमा ६७ दिनमात्र विदा हुनेछ ।
अन्य पर्वहरुमा २२ दिन आंशिक विदा हुनेछ । कटौती भएका सार्वजनिक विदामा लोकतन्त्र देखि प्रजातन्त्र दिवस सम्म रहेका छन् । बैशाख ११ गतेको लोकतन्त्र दिवस, जेठ १५ गतेको गणतन्त्र दिवस, पुस २७ को राष्ट्रिय एकता दिवस, माघ १६ को शहीद दिवस र फागुन ७ गतेको प्रजातन्त्र दिवस कटौती गरिएको हो ।
अब यी सबैलाई समग्रमा संविधान जारी भएको दिन असोज ३ गते राष्ट्रिय एकता दिवस मनाईनेछ । अन्य दिवसमा भने विभिन्न कार्यक्रम गरिने तर बिदा दिईनेछैन् । असोज ३ गते भने सार्वजनिक बिदा नै दिईने गृहमन्त्रालयले जनाएको छ ।
सरकारले गणतन्त्र स्थापना भएपछि कटौती गरिएको र गत वर्षबाट दिईएको पृथ्वी नारायण शाहको जन्मदिनमा दिईदैं आएको बिदा कटौती भएको छ । त्यस्तै दशै पर्वमा दिईदैं आएको बिदामा पनि तीन दिन कटौती भएको छ ।
अब घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा सार्वजनिक विदा हुने छैन । दशैं विदा फूलपातिदेखि एकादशीसम्म पाँच दिनमात्र हुनेछ । त्यस्तै हिन्दूहरुका पर्वको विदा पनि कटौति गरिएको छ ।
जनैपूर्णिमा, ऋषि पञ्चमी, रामनवमी, श्रीकृष्ण जन्माष्टमीका दिन हुने गरेको सार्वजनिक विदा पनि कटौती गरिएको छ । सरकारले यसअघि दिँदै आएका समुदायगत र क्षेत्रगत रुपमा दिँदै आएको सार्वजनिक बिदा समेत कटौती गरेको छ । अब ति बिदाहरु सम्बन्धित समुदाय र क्षेत्रमा मात्र दिईनेछ । अब ल्होसार, क्रिसमस, छठ, माघी जस्ता पर्वमा सम्बन्धित समुदाय र भेगमा मात्र विदा दिइनेछ ।
आंशिंक रुपमा दिईने बिदाहरुः
नयाँ वर्ष, उभौली पर्व, बुद्ध जयन्ती, इदउल फित्र, रक्षा बन्धन
गाईजात्रा, इन्द्रजात्रा, गौरा पर्व, छठ पर्व, उधौली पर्व, क्रिसमस
तमु ल्होसार, माघे संक्रान्ति, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, महावीर जयन्ती, घोडे जात्रा, आदी
-केन्द्रबिन्दु बाट



