त्रिपोली, लिबिया। लिबियाको त्रिपोली शहरका नगर प्रमुख अब्द्राउफ वाइटेलमाललाई बिहीबार एक अज्ञात समूहले अपहरण गरेको छ।

वाइटेलमालको कार्यालयले दिएको जानकारी अनुसार केही अपरिचित व्यक्तिको एक समूहले विहानै घर घेरा हाली अपहरण गरेर लगेका जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगर परिषद् सदस्य तथा मध्य त्रिपोलीका बासिन्दाहरूले वाइटेलमालको अपहरणको समाचार उहाँलाई अपहरण गरी अज्ञातस्थलतर्फ लगेपछि थाहाभएकोले उनको सुरक्षाका लागि केही गर्न नसकेको नगरपालिकाले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ।

विज्ञप्तिमा भनिएको छ, “अपहरणमा परेका नगरप्रमुखको जीवन सुरक्षा तथा उनको तत्काल रिहाइका लागि आवश्यक कानूनी प्रक्रिया अघि बढाउन शीघ्र पहल थाल्न आग्रह गरिन्छ ।”

यसैबीच लिवियाका लागि बेलायती राजदूत फ्रान्क बेकरले वाइटेलमालको अपहरणबारे चासो व्यक्त गरेका छन्। बेकरले अपहरणमा परेका नगरप्रमुखलाई सुरक्षित तत्काल रिहा गर्न आग्रह गर्दै उनले ट्वीटमार्फत भनेका छन्, “ यो लिवियाली जनताको सुरक्षामा खतरा भएको एउटा सङ्केत हो ।”

नगरप्रमुखको अपहरणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन। सिन्ह्वा/रासस