दमक/झापाको दक्षिणी सिमावर्ती महाभारा–३ मा रहेको बालकल्याण माध्यमिक विद्यालयका अति विपन्न दुई सय बढी विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको छ ।
विद्यालयका भूतपूर्व विद्यार्थी समूहले आज एक कार्यक्रम गरि बाल शिक्षा देखि कक्षा ४ सम्म अध्ययनरत २ सय जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । लत्ताकपडासंगै विद्यार्थीहरुलाई खाजा समेत वितरण गरिएको थियो ।
अति विपन्न समुदायको वसोबास रहेको त्यस गाविसमा विभिन्न दाताहरुबाट रकम संकलन गरेर राहत हस्तान्तरण गरिएको भूतपूर्व विद्यार्थी समूहका संयोजक पत्रकार विष्णु पौडेलले बताउनुभयो । जहाँ सिक्यौँ, त्यही गरौँ भन्ने उद्देश्यका साथ शुरु गरिएको अभियानका क्रममा संकलन भएको रकमबाट विद्यार्थीका लागि स्वीटर तथा टोपी हस्तान्तरण गरिएको संयोजक पौड्ेलले जानकारी दिनुभयो  ।
ती सहयोग झापाका प्रमुख जिल्ला अधिकारी उत्तर कुमार खत्री, जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराललगायतले हस्तान्तरण गरेका थिए । राहत हस्तान्तरण कार्यक्रममा प्रजिअ खत्रीले सम्पन्न परिवारका छोरा–छोरी निजी विद्यालयमा पढाउने गरेको र मजदुर तथा अति विपन्नले मात्र सामुदायिक विद्यालयमा छोराछोरी पढाउने गरेको बताउदै सामुदायिक विद्यालयको र्शैक्षिक बृद्धिको निम्ती समुदायमा समेत जागरण आउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘ यो विद्यालय भनेको अति विपन्न परिवारका विद्यार्थी पढ्ने विद्यालय हो, यहाँका विद्यार्थीले चप्पल पनि नलगाई विद्यालय आउने गर्छन्, पूर्व विद्यार्थीको यो धेरै राम्रो काम हो’ ।
सोही अवसरमा विद्यालयका भुपू विद्यार्थी दमकका पदमप्रसाद सापकोटाले  विद्यालयको पुस्तकालय स्थापनामा सहयोग पुर्याउन एक थान स्टील दराज समेत वितरण गरेका थिए । लत्ताकपडा हस्तान्तरण कार्यक्रममा सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था दमकका अध्यक्ष टिकाराज सापकोटा, विद्यालयका पूर्व अध्यक्ष पर्शुराम काफ्ले ,विद्यालयका प्रअ भोलाप्रसाद खतिवडालगायतले सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार गर्न सवै लाग्नु पर्ने औल्याए । २०१७ सालमा स्थापना भएको सो विद्यालय महाभाराकै एक मात्र माध्यमिक विद्यालय हो । सो विद्यालयमा ७० प्रतिशत बढी आदिवासी ,सिमान्तकृत , लोपन्मुख समुदायका विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah