दमक/झापाको महाभारा गाविसमा आज एकिकृत घुम्ति शिविर सम्पन्न भएको छ । शिविरमा जिल्लाका अधिकांश कार्यालयहरुको सेवा उपलव्ध गराईएको थियो । महाभाराको जनकल्याण निमाविमा भएको शिविरको झापा क्षेत्र नं. ६ का सांसद दिपक कार्की र झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा उहाँहरुले स्थानीय एक एक जनालाई नागरिकता प्रदान गर्नुभएको थियो । झापाको पश्चिमी दक्षिणका गाविसहरु महाभारा, पाँचगाछी, टागनडुव्वा, शरणामति, कुमरखोद, शिवसताक्षी नगरपालिकाका दक्षिणी क्षेत्रका बासिन्दालाई लक्षित गरि शिविरको आयोजना गरिएको हो । शिविरमा जिल्लामा रहेका अधिकांश कार्यालयहरुले सेवा उपलव्ध गराएका थिए । शिविरमा किसानहरुका लागि लक्षित गरि बिभिन्न सेवा समेत उपलव्ध गराईएको थियो भने नागरिकता, मतदाता नामावाली संकलन, लगायका सेवा समेत दिईएको थियो । जिल्लाको पश्चिम दक्षिणी गाविस रहेको र सरकारी सेवा लिनका लागि सदरमुकाम सम्म जान समस्या रहेका कारण स्थानीय तहमानै सेवा उपलव्ध गराउन शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो । शिविरबाट झापाको दक्षिणी गाविसका बासिन्दाहरु लाभान्वित भएको महाभारा गाविसका पूर्व अध्यक्ष बिजयकुमार अग्रवालले बताउनुभयो ।
गाउँमै सरकारी कार्यालयको सेवा
सवाल नेपालसंवाददाताआइतबार, २ पुस २०७३

गाउँमै सरकारी कार्यालयको सेवा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



