क्याम्ब्रिज– झण्डै दुई हप्ता अगाडि निधन भएका चर्चित वैज्ञानिक स्टेफन हकिङको शनिबार अत्येष्टि गरिएको छ।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालय नजिकै रहेको चर्चमा उललाई अन्तिम श्रद्धान्जलि दिएर अन्त्येष्टि गरिएको हो। उनले त्यस विश्वविद्यालयमा झण्डै आधा दशक महत्वपूर्ण सेवा गरका थिए।

व्यक्तिगत रुपमा गरिएको उनको अन्त्येष्टि समारोहमा उनका पारिवारिक सदस्य, साथी र समकक्षी गरी झण्डै ५ सय जना सहभागी भएका थिए। उनका छोराछोरीहरु लक्की, रोबर्ट र टिमले निकालेको वक्तव्यमा उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका सबैलाई कृतज्ञता प्रकट गरिएको छ।

यही मार्च १४ का दिन उनको निधन भएपनि झण्डै दुई हप्तापछि मात्रै शनिबार अन्त्येष्टि गरिएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन्। १९४२ जनवरी ८ मा जन्मिएका चर्चित वैज्ञानिक एवं भौतिकशास्त्री हकिङको ७६ वर्षको उमेरमा निधन भएको हो।

१९६३ देखि मोटर न्युरोन नामक रोगबाट पीडित भएपछि उनलाई चिकित्सकहरुले दुई वर्ष मात्रै बाँच्ने बताएका थिए। शारीरिक अवस्था एकदम कमजोर भए पनि उनले विचारले विश्वलाई नयाँ बाटो देखाउन सफल भएको भन्दै उनलाई विश्वभरी नै उच्च सम्मानका साथ स्मरण गर्ने गरिन्छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah