वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पत्नी वियोग बेहोर्नु परेको छ । ६७ वर्षीया यशोदा सुवेदी श्रेष्ठको सोमबार राति ११ बजेतिर ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

४० वर्ष कर्मचारी सञ्चय कोषमा जागिरे जीवन बिताएकी यशोदाको मदनकृष्णसँग जागिरकै सिलसिलामा भेट भएको थियो । जागिरकै क्रममा दुवैबीच प्रेम सम्बन्ध भयो र बिहे पनि भयो । मदनकृष्ण र यशोदाका यमन र सराना गरी दुई छोराछोरी छन् । अमेरिकाको पीआर पाए पनि यमन र उनकी श्रीमती आमाको हेरचाह गर्न नेपाल आएका थिए । सराना भने विदेशमै छिन् ।

यशोदालाई रेक्टल क्यान्सर भएको सन् २०१२ अप्रिलमा मदनकृष्णले थाहा पाएका थिए । त्यो पनि तेस्रो चरणको अन्तिम भइसकेको रहेछ । सुरुमा पायल्स भनेर मदनकृष्ण र यशोदाले सामान्य लिएका रहेछन् । जब धुलिखेल हस्पिटलका डा.रामकण्ठ माकाजुले यशोदालाई ‘क्यान्सर’ लागेको रहेछ भने त्यसपछि मदनकृष्ण र हरिवंश आचार्य छाँगाबाट खसेझैं भएको कलाकार गौरीशंकर धुजूको भनाइ छ । त्यो दिन घर आएर मदनकृष्ण एक्लै भक्कानिएर रोएका थिए । आफूलाई डाक्टरले किमो दिनुपर्छ भनेपछि यशोदाले पनि क्यान्सर लागेको रहेछ भनेर छाँगाबाट खसेझैं भइन् ।

विगत आठ वर्षदेखि श्रीमतीको उपचारमा संलग्न मदनकृष्ण आफैं पनि मुटुका रोगी हुन् । आफू रोगी भए पनि उनले श्रीमतीको उपचारमा कहिल्यै खेलवाड गरेनन् । तर चौथो चरणको क्यान्सरका कारण यशोदालाई मदनकृष्णले बचाउन सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah