काठमाडौँ- वातावरण विभाग कुपण्डोलले वातावरणीय मापदण्ड विपरीत सञ्चालित ५ उद्योगलाई कारबाही गरेको छ। उद्योगले समुदायमा प्रदूषण बढाएको भन्दै विभागले कारबाही गरेको हो।

चालु आर्थिक वर्षको चैतसम्म अरनिको आँबुखैरेनी सिमेन्ट इन्डष्ट्रिज प्रालि खैरेनी तनहुँ, कमला रोलिङ मिल्स प्रालि टंकिसिनुवारी मोरङ, काठमाडौँ दुग्ध वितरण आयोजना बालाजु औद्योगिक क्षेत्र काठमाडौँ, हारती एग्रिगेट इन्डष्ट्रिज प्रालि शुक्ला गण्डकी नगरपालिका–२ (तनहुँ) र विष्णु टेक्सटाइल प्रोसेसिङ इन्डष्ट्रिज बालाजु औद्योगिक क्षेत्र (काठमाडौँ) गरी ५ वटालाई कारबाही गरेको विभागले जानकारी दिएको छ।

प्रदेशगत रुपमा प्रदेश नं १ मा १२, प्रदेश नं २ मा १४, प्रदेश नं ३ मा ११, प्रदेश नं ४ मा १२, प्रदेश नं ५ मा २० र प्रदेश नं ७ मा एक गरी जम्मा ७० वटा उद्योग तथा औद्योगिक उद्योग प्रतिष्ठानको विभागले अनुगमन गरेको थियो।

आव २०७२/७३ मा सबैभन्दा बढी उद्योग (हालसम्मको कारबाहीको ७५ प्रतिशत) कारबाहीमा परेका थिए भने आव २०७३/७४ मा ९.३८ प्रतिशत र यस आवमा १५.६३ प्रतिशत उद्योग प्रतिष्ठान कारबाहीमा परेका छन्।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah