टिरीन कोट, आफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त उरुजगानको अशान्त क्षेत्रमा रहेको एक जाँचचौकीमा भएको तालिबान आतंककारीको आक्रमणमा परी कम्तीमा दुई सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका छन् ।

स्थानीय सुरक्षा अधिकारीले बुधबार सो जानकारी दिएका छन् । सयौंको संख्यामा आएका आतंककारीहरुले मङ्गलबार राती आक्रमण गरेका त्यसपछि दोहोरो गोली हानाहान भएको प्रान्तीय प्रवक्ता दोस्त मोहमद नयाबले बताएका छन् । यस दोहोरो झडपको क्रममा दुई सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच प्रहरी घाइते भएका नयाबले बताए ।

यस झडपको क्रममा कैयौ आतंककारीहरु मारिनुको साथै घाइते भएका छन । तर यसको यकीन संख्याका प्रष्ट हुन नसकेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन । यद्यपि तालिबानका प्रवक्ता कारी युस्फ अहमदीले स्थानीय सञ्चार माध्यमलाई मङ्गलबार राति उरुजगानको चार ओटा सुरक्षा जाँचचौकीमा आक्रमण भएको र कैयौ सुरक्षा अधिकारीहरु मारिएका बताएका छन् ।

अफगान सुरक्षाबलले सन् २०१५ को जनवरीबाट अफगानिस्तानको सुरक्षाको जिम्मा पूर्णरुपमा लिएपछि अफगानिस्तानमा अफगान सुरक्षा अधिकारीहरुको हताहतको बृद्धि भएको छ ।

सन् २०१४ को अन्त्यमा अमेरिकी र नेटो सैनिकले अफगान युद्धको सकिएको घोषणा गर्दै त्यहाँबाट प्रायः अमेरिकी र नेटो सैनिक फर्किएपछि अफगानिस्तानको सुरक्षाको भार पूरा अफगान सुरक्षा अधिकारीमा आएको थियो ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah