भारतको महाराष्ट्र राज्यमा एक महिला बाख्रालाई बचाउन बाघसँग भिडेकी छिन् । बाघलाई लखेट्ने क्रममा नराम्रोसँग घाइते भएकी २१ वर्षीय रुपाली मेश्रामले आफ्नो घाइते अवस्थाको सेल्फी समेत लिएकी थिइन् ।

राज्यको पूर्वी विदर्भ क्षेत्रको भण्डारा जिल्लाको नागझिरा वन्य जन्तु आरक्ष नजिकैको गाउँमा पछिल्लो हप्ता एउटा घरको बाख्राखोरमा बाघ पसेको थियो ।

गाउँमा सधैं जसो हुने यस्तो घटनामा त्यसदिन नयाँ मोड आयो जब बाघले बख्रामथी आक्रमण गर्ना साथ वाणिज्यशास्त्रमा स्नातक रुपाली दाउराको भाटा लिएर बाघमाथि झम्टिइन् ।

त्यसपछि बाघ पनि प्रत्याक्रमणमा उत्रियो । कोलाहल सुनेर बाहिर आएकी उनकी आमा जिजाबाईलाई समेत बाघले घाइते तुल्याइदिएपछि रुपालीले बहादुरी पूर्वक लडेर बाघलाई लखेटिन् ।

त्यति मात्र होइन् उनले घाइते अवस्थामा नै आमासँग सेल्फी पनि खिच्न भ्याइन् । पछि स्थानीय अस्पतालमा उपचारपछि उनी घर फर्किएकी छिन् ।

पातलो बस्तीमा घर भएकाले तत्काल कुनै मानवीय सहायता प्राप्त गर्न नसके पनि रुपालीले आधा घण्टासम्म बाघको सामना गरेको बुझिएको छ ।

पछि केही स्थानीय र वनरक्षक आएर उनलाई अस्पताल लगिएको थियो ।

अहिले भारतीय मिडियामा उनको बहादुरीको खुबै चर्चा भइरहेको छ । मिडियाकर्मीहरूले उनलाई घर फर्किन कत्तिको डर लागेको छ भन्ने प्रश्नको उत्तरमा उनले आफू घर फर्किन व्यग्र रहेको बताइन्।

बिबिसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah