नयाँदिल्ली, २३ चैत - भारतको रक्षा मन्त्रालयको आधिकारिक वेभसाइट ह्याक (अवरुद्ध) भएको छ । सोमबार ह्याक भएको वेभसाइट सूचालु गराउने प्रयास भइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

वेभसाइटमा चिनियाँ अक्षरहरु देखिएकाले चिनियाँ ह्याकरहरुले ह्याक गरेको हुन सक्ने अनुमान गरिएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वेभसाइटको व्यवस्थापन गर्दै आइरहेको राष्ट्रिय सूचना विज्ञान केन्द्रले भनेको छ, “हाम्रा वेभसाइटका सामग्रीहरू अवरुद्ध भएका छन् ।” मन्त्रालयका प्रवक्ताले पनि अवरुद्ध वेभसाइट सूचालु गराउने प्रयास भइरहेको जानकारी दिए पनि कसले र किन समस्या उत्पन्न गरेको भन्ने अनुसन्धान भइरहेको बताए ।

अर्का सरकारी अधिकारीले भने चिनियाँ ह्याकरहरू वेभसाइटलाई प्रभावित गर्ने कार्यमा संलग्न भएको हुन सक्ने आशंका व्यक्त गरे ।

-लोकान्तर बाट