खेम बम
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई हालसम्मकै ऐतिहासिक र सम्बन्ध विस्तारको दृष्ट्रिकोणले हेरिएको छ ।
पछिल्लो समय भारतले लगाएको नाकाबन्दीका कारण चिसिएको सम्बन्धलाई सुधार गर्न र आगामी रणनीतिक योजना कार्यान्वयन गर्न यो भ्रमण फलदायी बन्ने आशा गरिएको छ । यतिमात्रै होईन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीमै ट्विट गर्दै भन्नुभएको छ, ‘छिमेकी मित्रराष्ट्र नेपालको प्रधानमन्त्री माननीय ओली जयू, लाई भारतमा हार्दिक स्वागत छ ।

दुवै प्रधानमन्त्रीबीच शनिबार मात्रै भेट हुने भनिएतापनि भारतीय समकक्षी मोदी प्रम ओलीलाई भेट्न आतुर थिए र भेटे पनि । प्रधानमन्त्री ओली शुक्रबारै आफ्नो भ्रमणमा सहभागि सबैलाई छाडेर मोदीसँगको ‘वान टू वान’ वार्तामा सहभागि हुनु भएको थियो ।
तीन दिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री आलीले प्रम मोदीसँग अनौपचारिक रुपमा भेटेको बताउनुभयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नै ट्विटरमा भेटघाटको तस्बिर राख्दै भेटघाटले आफू खुशी भएको समेत बताउनुभएको थियो ।
शनिबार बिहान फेरि आफ्नो व्यक्तिगत ट्विटर ह्याण्डल नरेन्द्र मोदीबाट ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत छ भन्नुभएको छ ।
यसले आगामी दिनमा नेपाल–भारतबीच प्रगाढ सम्त्रन्ध बिस्तारको संकेत दिएको बिश्लेषकको भनाइ छ ।
जनता समाचार बाट



